25.5 C
Kathmandu
Monday, September 25, 2023
Homeसमाचारबाँकेबाट हराएका २ बालिका ७ दिनपछि पोखरामा भेटिए

बाँकेबाट हराएका २ बालिका ७ दिनपछि पोखरामा भेटिए

ईलाका प्रहरी कार्यालय कुसुमका सई पुष्करराज जोशीले बालिकाहरु पोखरामा भेटिएको खोजी गर्न त्यहाँ पुगेका परिवारकै सदस्यले जानकारी दिएको बताउनुभयो । जोशीले बन्दना बिक यसअघि परिवारसँग पोखरा गएको र त्यहाँबाट फर्केपछि पनि कहिले काही पोखरामा फोन गर्ने गरेको हुँदा त्यतै गएको शंका लागेर खोजी गर्न परिवारका सदस्यलाई त्यहाँ पठाएकोमा बालिकाहरु पोखरामा सकुशल अवस्थामा भेटिएको कुरा फोनमार्फत जानकारी आएको बताउनुभयो । विस्तृत जानकारी बालिकाहरु घरमा आईसकेपछि पत्ता लाग्ने प्रहरीले जनाएको छ । बालिकाहरु कसरी पोखरा पुगे, रातको समयमा कहाँबाट गाडी चढें, त्यो सबै कुरा उनीहरु घरमा आएपछि पत्ता लगाउने प्रहरीको भनाई छ ।

गत मंगलबार बेलुका करिव ८ बजेतिर घरमा खाना खाएर सुत्ने क्रममा उनीहरु एक्कासी हराएका थिए । बालिका हराएको दुई दिनपछि ईलाका प्रहरी कार्यालय कुुसुममा खोजी गरिदिन निवेदन दर्ता गराइएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments