30.5 C
Kathmandu
Friday, June 2, 2023
E Sewa
Homeराष्ट्रियबाँकेमा भएको सवारी दुर्घटनामा ज्यान गुमाउनेको संख्या १२ पुग्यो, घाइते २१ मध्ये...

बाँकेमा भएको सवारी दुर्घटनामा ज्यान गुमाउनेको संख्या १२ पुग्यो, घाइते २१ मध्ये ४ काे अवस्था गम्भीर

बाँकेको राप्ती सोनारीमा भएको गाडी दुर्घटनामा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ। दुर्घटनामा २१ जना घाइते भएका छन्।

दुर्घटनामा घाइते २२ मध्ये एक जनाको उपचारको क्रममा ज्यान गएपछि मृतकको संख्या १२ पुगेको हो।

आइतबार राति भएको दुर्घटनामा ज्यान गुमाउने कसैको पनि सनाखत हुन नसकेको बाँकेका प्रमुख जिल्ला अधिकारी (सिडिओ) रामबहादुर कुरुम्वाङले जानकारी दिए। । घाइते २१ मध्ये १० जनाको परिचय खुलेको छ। वाँके प्रहरीका अनुसार घाइते हुनेमा सल्यानको शिद्ध कुमाख गाउँपालिकाका धेरै छन्।

घाइतेमध्ये शिद्ध कुमाख -४ का लोकेश घर्ती,जितबहादुर बुढा र निमबहादुर बादी, शिद्ध कुमाख -५ का तेजबहादुर बुढाथोकी, धनबहादुर बोहरा,ज्ञानबहादुर बोहरा र दिपेन्द्र बुढाथोकीको परिचय खुलेको छ । यस्तै सल्यानको शारदा नगरपालिका -६ की टीका चलाउने, सल्यानकै बनगाड कुपिन्डे नगरपालिका -६ का मिनराज विक र शिव डाँगीको परिचय खुलेको छ।

घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको बाँकेका सिडिओ कुरुम्वाङले जानकारी दिए। भारतबाट आएका नेपालीलाई लिएर आइतबार राति १२ बजेतिर नेपालगन्जबाट सल्यानका लागि छुटेको ना ५ ख ५९९५ को फोर्स गाडी राप्तिसोनारी २ मा दुर्घटना भएको हो।

यात्रु सबार गाडी ठुरिया जंगलमा रोकिराखेको बा ४ ख ९०६४ नम्वरको ट्रकमा ठोक्किँदा दुर्घटना भएको सिडिओ कुरुम्वाङको भनाई छ। नयाँ पत्रीकाबाट

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments