24.9 C
Kathmandu
Monday, September 25, 2023
Homeसमाचारबागलुङमा सवारी दुर्घटना हुँदा सात जना घाइते

बागलुङमा सवारी दुर्घटना हुँदा सात जना घाइते

बागलुङमा सवारी दुर्घटना हुँदा सात जना घाइते भएका छन् । काठमाडौं-पोखरा हुँदै बागलुङ जाँदै गरेको बा.४.ख ७९४ नम्बरको माइक्रो बसलाई बागलुङबाट पोखरा आउँदै गरेको ग.१.च ९२७३ नम्बरको बसले मालढुंगा नजिकै ठक्कर दिँदा सात जना घाइते भएका हुन् । दुर्घटनामा परी घाइते हुनेहरूमा काठेखोला गाउँपालिका वडा नं. ८ लेखानीका ३९ वर्षीय गङ्गाबहादुर कामी, सिगानाका ५३ वर्षका रामेन्द्र खड्का, २० वर्षकी गौरी खड्का, काठेखोला गाउँपालिका वडा नं. २ की २४ वर्षकी तारा पौडेल, २५ वर्षकी आरती गौतम, १९ वर्षका सागर बोहोरा र बागलुङ नगरपालिका वडा नं. ११ की १९ वर्षकी सुजता शाक्य छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्र गिरीका अनुसार बागलुङ नगरपालिका वडा नं. १ मालढुंगामा नजिकै बस र माइक्रो बस ठोक्किएको हो ।घाइतेमध्ये दुई जनालाई थप उपचारका लागि पोखरा ल्याइएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments