23.1 C
Kathmandu
Wednesday, September 27, 2023
Homeराष्ट्रियबाहिरी जिल्लाबाट तरकारी र फलफूल ल्याउन रोक

बाहिरी जिल्लाबाट तरकारी र फलफूल ल्याउन रोक

मेलम्ची । सिन्धुपाल्चोकमा बाहिरी जिल्लाबाट तरकारी र फलफूल ल्याउन रोक लगाइएको छ। कोभिड–१९ विपद् व्यवस्थापन केन्द्रको बैठकले कोरोना सङ्क्रमणको जोखिम हुने भन्दै बाहिरी जिल्लाबाट आउने तरकारी र फलफूल ल्याउन रोक लगाएको हो। आयातमा रोक लगाएसँगै जिल्ला भित्रने नाकामा सुरक्षा व्यवस्था कडा बनाइएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए। स्थानीयरूपमै उत्पादन गरिएका तरकारी तथा फलफूललाई बजारमा ल्याउने र समन्वयका लागि स्थानीय तहलाई जिम्मा दिने निर्णय गरिएको ढकालले बताए।

 हामीले अन्य जिल्लाबाट आउने तरकारी फलफूलको आयात मात्रै रोकेका हौँ, जिल्लामा उत्पादन भएका बिक्रीवितरण गर्न पाइन्छ, उनले भने, जिल्लामै उत्पादन भएका तरकारी फलफूलले पुग्छ। बाहिरबाट आउने तरकारी आयातमा रोक्दा जिल्लामा अभाव नहुने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ, सिन्धुपाल्चोकका वरिष्ठ कृषि अधिकृत प्रकाश पौडेलले बताए। सामान्यतया सागपात र तरकारी प्रायः सबैले आफ्नो करेसाबारीमा रोपेकै छन्। यस वर्ष मात्रै जिल्लामा ७६ हजार टन आलु फलेको छ, जिल्लालाई जम्मा ३५ हजार टन आलु चाहिन्छ।

वितरण प्रणाली कमजोर भएका कारणले कुन पालिकामा आवश्यकताभन्दा बढी सञ्चय भएको छ र कुन पालिकामा अपुग भएको छ, त्यसको लेखाजोखा गरी समन्वय गर्दा समस्या नआउने उनले बताए। रासस

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments