20.1 C
Kathmandu
Wednesday, November 29, 2023
HomeUncategorizedबाहुन नेताहरू प्रगतिशील नहुनुकाे एक कारण-बलदिप प्रभाश्वर चाम्लिङ

बाहुन नेताहरू प्रगतिशील नहुनुकाे एक कारण-बलदिप प्रभाश्वर चाम्लिङ

         बलदिप प्रभाश्वर चाम्लिङ

लेखक तथा विद्वान फ्रान्सिस फुकुयामाले जापनीज समाजकाे साँस्कृति मनाेविज्ञानलाई विश्लेषण गर्दै यसाे भनेका छन् :

” कुनै एक जापनीजले सिंगाे आफ्नाे समूदायलाई आँच
आउने गरी व्यक्तिगत तथा निजी अधिकार लाद्न खाेज्छ
भने उ तुरन्त आफ्नाे समुदायबाट बहिस्कृत हुनुपर्छ । याे
बेला उनी विरूद्ध उसकाे समुदाय एक तानाशाह भएर खडा
हुन्छ । त्यही भएर जापानीजहरूलाई बाल्यकालमै आफ्नाे
परम्परागत मान्यता प्रति निष्ठावान बनाइन्छ ।….”

याे कुरा हाम्राे हिन्दुसमाजमा पनि लागू हुन्छ । (हुन त जापानिज समाज र हिन्दुसमाजबीचकाे मूल्य र मान्यताबीचमा आकाश पातालकाे भिन्नता छ । जापानिजहरू व्यक्तिलाई हाेइन, समुहलाई प्राथमिकता दिन्छ । उनीहरूमा उचनीचकाे विभेद छैन । यहाँ अाफ्नाे निजि मान्यताभन्दा परम्परागत समाजिक मान्यता प्रति महत्व दिनु पर्ने भन्ने दष्टिविन्दुबाट मात्र तुलना गर्न खाेजिएकाे हाे ।)

हाम्राे हिन्दुसमाजमा अझै पनि परम्परागत कट्टरपन छ । काेही प्रगतिशील भएर निस्कने प्रयत्न गर्नु भनेकाे उसले जाेखिम माेल्नु पर्ने हुन्छ । कुनै व्यक्ति समाज कट्टरपनबाट बाहिर निस्कनै सक्दैन । आफूलाई प्रगतिशिल भाैतिकवादी भनेर शुरूमा निस्कने माेहनचन्द्र र माेदनाथहरू अहिले कथित पूर्वीय दर्शनकाे सैद्धान्तिक लेपन दलेर हाेम गर्दै बसेका छन् । मार्क्सवादकाे ठेली घाेक्नेहरू अहिले मनुस्मृतिकाे प्रति बाेकेर हिडिराख्या छन् । यति गरेन भने उनीहरू आफ्नाे समाजमा एक्लाे हुन्छन् । बहिस्कृत हुन्छन् ।

हाम्राे हिन्दुसमाज शक्तिकाे पुजक हाे । जाेसंग धन दाैलत र शक्ति हुन्छ, उसैकाे पछि हाम्राे समाज लाग्छ । बंगला, कार, सुन हुनेलाई नेता मान्छन् । त्यही भएर सत्तामा पुगेपछि उनीहरू भ्रष्टाचार गर्छन् । नेतालाई भ्रष्टाचार बनाउने हाम्रै समाज हाे । गाेठालाे पृष्ठभुभि मात्र हुदाँ हाम्राे समाजले ओलीलाई नेता मान्ने नहुँदा उनले अालिसान भवन र सम्पति जाेडेका हुन् । नत्र निसन्तान मान्छेलाई किन चाहियाे सम्पति ।

हिन्दु सामाजिक परम्पराकाे असर राजनीतिमा परेकाे छ । नेताहरू आफ्नाे सामाजिक पुरातन कट्टरपन्थकाे कब्जामा छन् । नेताहरूसंग नयाँ प्रगतिशिल विचार भए पनि त्यसलाई संस्थागत गरेर अगाडि बढ्न सक्दैन । उ आफ्नाे समाजबाट बहिस्कृत हुन सक्ने जाेखिम माेल्न चाँहदैन । राजनीतिमा भाेट चाहिन्छ । समाजले वहिष्कार गरे उसले भाेट पाउदैन । भाेट नपाए उसंग शक्ति हुदैन । शक्ति नभए सत्तामा रहदैन ।

बाहुनकाे पार्टीहरू मध्य माओवादीका बाहुनहरूमा प्रगतिशील चेत छ भनेर जनताले विश्वास गरेका थिए । तर उनीहरू आफ्नाे पुरातन समाजलाई उल्ट्याउन सकेन । बरू उनीहरू आफै समाजिक कट्टरपनबाट गाँजिन थाले । समाजबाट बहिस्कृत हुने र सत्ता बाहिर हुनुपर्ने डरले प्रचण्ड भैंसी पुजा गर्छन् किनकि उसलाई भैंसी पुज्नेकाे पनि भाेट चाहिएकाे छ । हुँदाहुँदा आफ्नै समाजले सिध्याउला भन्ने डरले पुरातनपन्थी ओलीहरूसंग विलय हुन पुगे ।

अति जातिवाद

राष्ट्रिय राजनीतिकाे नेतृत्व तहमा पुगेका प्रगतिशिल भनिएका बाहुन नेताहरू अन्ततः त्यही पुरातन आफ्नै समुदायमा मिल्न जानू एक अतिजातिवाद हाे । पुरातन हिन्दुसमाजबाट बहिस्कृत भएर आदिवासी तथा दलित समाजमा जान चाहेनन् । आदिवासी तथा दलितकाे नेता बन्न चाहेनन् । मान्छे मार्दा सत्तामा पठाउने र जनावर(गाई) मार्दा जेल पठाउने आफ्नै पुरातन हिन्दुसमाजकै पृष्ठपाेषनमा पुगे । जे जस्ताे भए पनि उनीहरू आफ्नै सामाजिक जातिय परम्पराप्रति झुकाव राखे ।
अन्य समाजमा घुलन हुनकाे लागि अनुहार तथा साँस्कृतिमा फरकपन महसुस गरेर पर तर्कनु पनि जातिवाद हाे ।

आदिवासी तथा दलित समाज

याे समाजमा तुलनात्मक रूपले खुकुलाेपन छ । यसमा कट्टरपन्थ छैन । आफ्नै समाजिक मूल्यभन्दा बाहिर गएर गतिविधि गर्नेलाई याे समाजले छुट दिन्छ । किरात भएर हिन्दुराष्ट्र हुनु पर्छ भन्ने राजेन्द्र लिङ्देन, बुद्धिमान तामाङहरू अाफ्नाे समाजबाट बहिस्कृत हुनुपरेकाे छैन । संविधानसभाकाे अध्यक्ष भएर पनि जनपक्षीय संविधान नबनाउने सुवास नेम्बाङलाई उसकाे समाजले खसी बनाएनन् ।

हामीले पुरातन रूढिग्रस्त हाम्राे समाजलाई परिवर्तन गर्न जाेखिम नमाेल्ने हाे भने समाजमा कहिले प्रगति हुन्न । भाेल्टेयर आफू क्रिश्चियन भएर पनि क्रिश्चियन समाजकाे रूढिग्रस्त परम्पराकाे विराेधी थिए । वास्तवमा युराेपकाे “पुनर्जागरण” भनेकाे क्रिश्चियन कुरीति तथा अन्धविश्वास विरूद्धकाे आन्दाेलन थियाे ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments