23.1 C
Kathmandu
Wednesday, September 27, 2023
HomeUncategorizedबिक्रम र आशिषलाई म ठिक बनाउछु भन्ने डाक्टर सुशिला बैद्यले यसरी गर्छिन...

बिक्रम र आशिषलाई म ठिक बनाउछु भन्ने डाक्टर सुशिला बैद्यले यसरी गर्छिन उपचार || (हेर्नुहोस भिडियो)

विक्रम सुनार यस्ता ब्यक्ति हुन् जसका बारेमा सामाजिक सञ्जालमा निकै चर्चा भयो । पोखरामा एउटा मोटरसाइकल दुर्घटनामा परेका विक्रमको पनि कम्मर मुनीको शरिरको भाग चल्दैन । उनका लागि भने मनु भगवान बनेर आएकी छन् । फेसवुकमा माया बसेर मनु विक्रमसंग जिवन साट्न आइपुगीन् । अहिले मनुले नै विक्रमको स्याहार गरिरकेकी छन् । विक्रमले पनि अस्पतालमा निकै उपचार गरे तर आफ्नै खुट्टाले टेक्न सकेका छैनन् ।

उदयपुरका आशिष मगर पनि अर्का त्यस्ता ब्यक्ति हुन् जो चार वर्ष देखि उपचारार्थ थिए । चार वर्ष अघि सम्म उनी नर्मल थिए । विस्तारै ढाड दुख्न थाल्यो । चार वर्ष देखि ढाड बेस्सरी दुख्न थाल्यो र शरिर चल्न छोड्यो । उनी अहिले अस्पतालको बेडमा उपचारार्थ छन् । सुरुमा ढाड दुख्ने त्यसपछि विस्तारै शरिरका अन्य अंगले पनि काम गर्न छोड्यो । उनी कुनै दुर्घटनामा परेका भने होइनन् । उनको परिवारमा आमाबुवा र बहिनी छन् । बहिनीलाई राम्रो पढाउने र बाबालाई आर्थिक रुपमा सहयोग गर्ने उनको सपना थियो । तर त्यो सपना स्वास्थ्यका कारण पुरा गर्न नपाएकोमा उनी चिन्तित छन् ।

त्यस्तै यि दुवै केशलाई अब एक चिकित्सकले निको बनाउने ग्यारेण्टी सहित उपचार सुरु गरेकी छन् । उनलाई शुसिला बैद्धले उपचार गरिरहेकी छन् । केही दिन यता विक्रम र आशिषमा धेरै सकारात्मक परिवर्तन आएको चिकित्सकले बताइन् । आशिषलाई कृष्णले त्यहाँ पुर्याएका थिए । उपचार गरेर पैसा सकिएपछि एक वर्ष उनी घरमा त्यसै बसेका थिए । आशिषको आमा नभएको र बुवा ज्यामी काम गरेर परिवार पाल्नुपर्ने अवस्था भएकाले आशिषले एक वर्ष देखि उपचार भएको थिएन । त्यस पछि उनी अहिले डा शुसिलासंग उपचारार्थ छन् । यो सबै बाथका कारणले समस्या आएको उनको भनाई छ ।

पहिले नै शल्यकृया गरिएको भए उनी अहिले सम्म खुट्टा टेक्न सक्ने अवस्थामा पुगेको हुनुपर्ने डा शुसिलाले बताइन् । उनले आशिषमा मुख्य दुईवटा रोग देखिएको बताएकी छन् । उनको जस्तो धेरै केश निको बनाएर पठाएको डा शुसिलाको भनाई छ । एक सातामै आशिष एक सातामै वाकरको सहयोगमा हिड्न सक्ने अवस्थामा पुगेको बताइन् । त्यस्तै विक्रमलाई पनि निको बनाउन सक्ने डा शुसिलाको भनाई छ । उनले लेजर सर्जरी मार्फत उपचार गरिएको बताइन् । हेर्नुहोस भिडियो:

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments