धरान / बिपि कोइराला स्वास्थ बिज्ञान प्रतिष्ठानका डाक्टरहरुले अनौपचारिक रुपमा नै सहयोग गर्ने भएकोले पत्र काटेको कुरा मेयर तिलक राईले जानकारी दिए।
सामाजिक संजालमा धरानका मेयर तिलक राईले कोरोना राहत कोषको लागि सहयोग गर्न पत्रका काटेपछि आलोचना र बिरोध भएको हो।यस बिषयमा धरान उपमहानगर कार्यालयमा पत्रकार सम्मेलन गरेर स्पष्ट पारेका हुन।मेयरले यस अघि नै त्यहाका सबै डाक्टरसंग साथमा रहेको भाँडा राहतमा सहयोग गर्ने कुरा भएकोले नै पत्र तयार गरेको बताए। यसमा कुनै खराब नियतले नमागिएको बताए। क्याम्प मै पढेर त्यहि चिकित्सकको रुपमा काम गरिरहेकाले पनि धरान कै बासिन्दा सरह भएकोले पनि सहयोग मागेको बताए।दिनको कुरा किटान गरेको बारेमा उपमहानगर भित्र पनि कर्मचारीहरुले कति दिनको भनेर जानकारी होस भन्ने उद्देश्यले उल्लेख गरेको बताए।बिपिका डाक्टरले यस बिषयमा कुनै पनि दवाव करकाब पनि नबुझिदिन आग्रह गरे। त्यहाँका स्टाफले स्वेच्छिक रुपमा राहतमा दिन सकिने बताए।
पत्रकार सम्मेलनमा तिलक राई मेयर भएपछि आजसम्मको सुबिधा तीन महिनाको १ लाख ४६ हजार ४८० रुपैया कोरोआ राहत कोषलाई उपलब्ध गराए।पत्रकार सम्मेलनमा धरान उपमहानगर भित्र रहेका कर्मचारीहरुबाट १० लाख १५ हजार ७ सय रुपैया तलब राहत कोषको लागि उपलब्ध गराउने निर्णय भएको जानकारी दिए। मेयर राईले बिपत व्यावस्थापन लगायतको बजेट करिब २ करोड पचास लाखसम्म खर्च गर्ने बताए।
उपमहानगरले स्थापना गरेको फुड बैंकमा सोमबारसम्म विभिन्न ब्यक्ति संघ संस्थाबाट चामल ११,८१० किलो,दाल ९८२ किलो,नुन १६०६ किलो,तेल १०२१ किलो,आलु ४२८५ किलो,साबुन ९ कार्टुन,न्युटेला २० किलो,प्याज २० किलो प्राप्त भएको जनाए।त्यसैगरी राहत कोषमा विभिन्न ब्यक्ति संघ संस्थाबाट १६ लाख ५ हजार २११ रुपैया उपलब्ध भएको जानकारी दिए।
धरानमा बाहिर देशबाट आएका जम्मा ११३ जना रहेको जानकारी दिए।