धरान / कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलले त्रासमा बन्द गरिएको बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानको ओपिडी सेवा मंगलबारदेखि सुचारु हुने भएको छ।
बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानले जेठ ५ गते सुचना जारी गर्दै उपकुलपतिको निर्देशन अनुसार बन्द रहेको ओपिडी (बहिरङ)सेवा जेठ ६ गतेदेखि पुन सुचारु गरिने जनाएको छ । प्रतिष्ठानका निर्देश प्राध्यापक डाक्टर गौरी शंकर साहद्वारा हस्ताक्षर गरिएको सुचनामा कोरोनाको संक्रमण एक अर्कामा नफैलियोस भन्ने उद्देश्यले सामाजिक दुरि कायम गरि सेवा दिन लागिएको जनाएको छ।बिभागको अनुरोध अनुसार बिरामी संख्या सिमित राखिने जनएको छ।जस्को लागि प्रतिष्ठान कै मेन गेयबाट नै टोकन बितरण गरिने जनाएको छ।सोही टोकनको आधारमा बिरामी दर्ता तथा ओपिडी कार्ड उपलब्ध गराइने उल्लेख छ।उक्त समयमा बिरामी र भिजिटरले मास्क अनिवार्य लगाउनुपर्ने सुचनामा उल्लेख छ।