सम्पाद्कीयः- निलेश अधिकारी
काेरोना भाइरस वौज्ञनिक नाम COVID 19 अर्थात (corona virus diseases 2019) का संक्रमितको संख्या दिनानुदिन तिब्र गतिमा बढ्दै गईरहेको छ तर पनि यस्तो स्थिती पहिलो भने होइन एन्टोनिन (सन् १६८),जस्टनियन प्लेग (सन् ५४१–५४२),कालो मृत्यु (सन् १३४६–१३५३),थर्ड कोलेरा (सन् १८५२–१८६०),फ्लु पान्डेमिक (सन् १८८९–१८९०),छैठौं हैजा (सन् १९१०–१९११),स्पेनिस वा फ्लु पान्डेमिक (सन् १९१८),एसियन फ्लु (सन् १९५६–१९५८),फ्लु पान्डेमिक (सन् १९६८),एचआइभी/एड्स (सन् १९७६–२०१२) र अहिले कोरोना भाइरस–कोभिड १९ !
डब्लुएचओले सन् २०१९, ३१ डिसेम्बर मा चीनको बुहानबाट कोरोना उत्पन्न भएको उल्लेख गरेको छ । तर, यो भाइरस १७ नोभेम्बरबाटै सुरु भएको थियो । यो महामारीले छोटो समयमा नै विश्वमा हलच्ल मचायो । डब्लुएचओले मार्च ११ मा कोभिड–१९ लाई महामारी हो भनि घोषित गर्यो । अहिले कोभिड–१९ कृत्रिम हो वा प्रकृतिक भन्ने बिषय बिश्वका शक्तिशाली राष्ट्रहरुको भनाईमा भने एक मत पाईएको छैन! यो माहामारीले बिश्वका शक्तिशाली राष्ट्रहरुलाई आर्थिक मन्दि तिर जाने बाटो पनि खोल्ने छ
न्यूयोर्कको एमयुएफजीका प्रमुख अर्थशास्त्री क्रिस रुप्कीले ‘अर्थ–व्यवस्था भर्खरै चट्टानमाथि बजारिएर मन्दीमा परिणत भएको छ’ भन्ने तर्क बाट पनि के कुरा स्पस्ट हुन्छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले पनि शिथिल आर्थिक गतिविधि विश्लेषण गर्दै महामारीका कारण सन् २०२० मा विश्वमा मन्दी र बेरोजगारी निम्तिने पूर्वानुमान गरेको छ । उता संयुक्त राष्ट्र संघले कोभिड–१९ का कारण विश्वको आम्दानीमा २० खर्ब डलरभन्दा बढीले कमी आउने अनुमान गरेको छ । भने आर्को तिर बिश्वका शक्तिशाली राष्ट्रहरुको ध्रुबिकरण हुने प्राय निश्चित नै छ !
नेपाल जस्तो देशले कोरोना पछि निम्तिन सक्ने प्रमुख समस्या र चुनौति कसरी न्युनिकरण गर्ने भन्ने कुरामा पनि बिशेष ध्यान दिदै कार्य गर्नु उपयुक्त हुन्छ! नेपालको बढ्दो शिक्षित बरोजगार,बैदेशिक रोजगारमा गिरावटले युवा बर्गमा पर्न सक्ने समस्याहरु मानसिक रोगको बढोत्तरी हुने, आर्थिक क्षति व्यापक हुनु, पारिवारिक,सामाजिक सम्बन्धमा बिचलन आउनु, बेरोजगारीमा ब्यापक वृद्धि हुनु, कुलत,लागू औसधी सामाजिक अपराधमा वृद्धि हुनु जस्ता धेरै चुनौतिहरु देखा पर्नेछ्न भने नोभल काेरोना भाइरसले सकारात्मक अवसरहरु पनि देखाउने छ्न नेपालीहरुले अब मातृभुमी प्रती माया तथा लगाव बढ्ने, स्वदेशी उत्पादनमा जोड दिदै आत्मनिर्भर अर्थतन्त्रको शुरुवातको बन्द ढोका खोल्ने, पर्यावरणमा सुधारका कामहरुको थालनीमा जोड दिने,
प्राय बिश्वका सबै बैज्ञानिकहरु भइरस संक्रमण अप्रिल र मे मा तीब्र वृद्धि हुने कुरामा एकमत छन् ! त्यसपछी भने यसको प्रभाव क्रमश कम हुँदै जाने अनुमान गरिएको छ ! अर्को अचम्मको कुरा कोरोनाको प्रकृति, संरचना एवम् प्रभाव क्षमता भने सबै देशमा एकै किसिमको भने छैन यस्तो परिस्थिती किन र कसरी फरक फरकरुपमा उत्पन्न भईरहेको छ भन्ने कुरा बैज्ञानिकहरुलाई खोजिको बिषय पनि बनेको छ! हामीले भने भारत र चिनलाई नै नजिकबाट नियाल्दै आवश्यक रोकथामको प्रकृया र सावधानी, उपायको बाटो खोज्दै परापुर्व कालदेखिनै हाम्रो पुर्खाले गरेका रोकथामको कार्य गर्नु नै जरुरी छ !
कोरोना संक्रमित भै निको भएका बिश्वका धेरै नेपालीले विभिन्न मिडियाबाट दिएको सुझाव र अनुभव लगभग लगभग उस्ता उस्तै नै छ भन्दा पनि हुन्छ पर्याप्त मात्रमा समय अन्तराल तातोपानी खाने, नियमित रुपमा पानिको तातो बाफ लिने, नियमित तातो सुप र झोलिलो पदार्थ खाने, पोषणयुक्त खानेकुराहरुमा जोड दिने,आत्मबल उच्च राखने,नियमित रुपमा बिहान, बेलुका घरमा नै ब्यम वा कसर्त गर्ने, शारिरीकरुपमा मनोबल बडाउने कार्य गर्ने
अहिले सम्म बिश्वभरी जतिपनी कोरोना रोकथामको लागि कार्य, मेडिकल ट्रायलहरु भएको छन तिनिहरु प्रभावकारी र आशा लाग्दो देखिएका छन ती रसायनका नेचुरल सब्स्टिट्युसन पनि खोजि भै रहेका छ्न ! हामिले होम्रो देशमा पाइने जडिबुटीहरु जुन हाम्रै वरिपरि नै छन् तिनिहरुको प्र्योग गरी कोरोना भाइरस बिरुद्ध लड्न प्रभावकारी हुन सक्ने देखि्न्छ जस्तै गिलोय (गुर्जो), तुलसी,मेवाको पात,बेदाङो ,पत्थरचट्टा, घोडताप्रे,स्टार अनिज,दालचीनी वा तेजपत्ता,दुबो,ल्वाङ,जीरा,धनीया,शम्फु,डन्डेलियन (घाँस),इचिनेसिया (एक प्रकारको फुल),जायफल, ज्वानो,अदुवा, लसुन, शित्तलचिनी फुल/पात,भुईकाफल,बेसार,पिप्ला,तितेपाती,पुदिना,टिमुर,मरौटी,मरिच, यिनिहरु मध्य केहिको मिश्रणको काढा बनाएर नियमित प्र्योगले शारिरीक शक्ति बड्ने देखिन्छ आयुर्बेदिक चिकित्सकहरुले पनि यी कुराबाट रसायन तयार गर्दा यो भाइरस बिरुद्द लड्न सकिने कुरा बताउछ्न !
परापूर्वकालका मौलिक सन्स्कृति उपचार पद्दति प्र्ति आकर्षण तथा प्रेस्थान हुने कार्यमा जोड दिने, स्वस्थ वातावरण र स्वस्थ जीवन पद्दतिमा जागरुकता साथै जोड दिदै जाने जस्तो कार्य गर्दै आउदो पिढिलाई बिकसित नेपालको योजना बनाउन ढोका खोल्नुपर्छ यो चुनौती होइन अवसरको रुपमा लिनुपर्छ!