धरान/ समाजवादी पार्टीको संगठन बिस्तार तथा सुदृढीकरण अभियान अन्तरगत धरानमा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सप्पन्न गरिएको छ।
ससमाजवादी पार्टीको धरान उपमहानगरको चुम्लुङ हिममा सम्पन्न गरेको प्रशिक्षणमा सुनसरी जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ भित्र रहेका अगुवा कार्यकर्ताको सहभागी रहेका थिए । अगुवा कार्यकर्ता प्रशिक्षणमा समाजवादी पार्टी धरान उपमहानगर समिति अध्यक्ष ताजुप लिम्बुले पार्टीको दर्शन र समुन्नत संघीय समाजवाद बारे प्रशिक्षण दिएका थिए।उनले समाजवादी पार्टीले सबै प्रकारका राम्रा र उपयोगी कुरा ग्रहण गर्दछ।तर कुनै पनि प्रकारको समाजवादको अन्धानुकरण,नक्कल वा जस्ताको तस्तै अनुशरण नगर्ने बताए।उनले एक्काइसौं शताब्दीको चेतना र नेपालको मौलिकतामा आधारित नयाँ समाजवादी सिद्धान्त नै समुन्नत संघीय समाजवाद भएको बताए।समुन्नत संघीय समाजवाद पहिचान सहितको संघीय शासन प्रणाली भएको समाजवाद भएको बताए । संघीयता सुशासन समृद्धि र समाजवादलाई प्रमुख नितिका रुपमा रहेको बताए।
त्यसैगरी प्रदेश सदस्य एबम प्रदेश (क) का सह संयोजक देबराज राईले अर्थ शास्त्र सम्बन्धी प्रशिक्षण दिएका थिए।जस अन्तर्गत राजनीतिक पार्टीले अपनाएको अर्थ ब्याबस्था र नितिबारे जानकारी गराएका थिए।यसै क्रममा पुँजिवाद,साम्यबाद र समाजवाद बारेको भिन्नता बारे प्रशिक्षण दिएका थिए। त्यसैगरी प्रशिक्षणमा किरात राष्ट्रिय समिति सदस्य शुभचन्द्र राईले संगठन बारे प्रशिक्षण दिएका थिए।उनले समाजवादी पार्टीले १०+१ पहिचान सहितको संघीयता हुने कुरा बताए।पार्टीले सोही अनुसारको संगठन बिस्तार तथा निर्माण बनाउने बताए।त्यसैगरी पार्टीको सांगठनिक संरचना बारे पनि जानकारी दिए। पार्टीको आर्थिक स्थिति लेबि लगायत बारे जानकारी दिएका थिए।
प्रशिक्षण कार्यक्रम बिसु अभियानका संयोजक दुर्गामाया लिम्बुको संयोजकत्वमा भएको हो।बिसु अभियान समाजवादी पार्टीले माघ १ गतेदेखि चैत मसान्तसम्म सन्चालन्मा रहनेछ।