23.2 C
Kathmandu
Wednesday, June 7, 2023
E Sewa
HomeUncategorizedबिहीबार जन्मेका मान्छेहरूको स्वभाव||

बिहीबार जन्मेका मान्छेहरूको स्वभाव||

ज्योतिष शास्त्रका अनुसार मानिसको चालचलन, व्यावहारलगायत अन्य गतिविधि मानिस जन्मेको जन्मबार, महिना र समयले निर्धारण गरेको हुन्छ । को मान्छे कुन बार तथा कति बेला जन्मेका हो उक्त साइतले उसको स्वाभाव र चरित्र निर्धारण गर्ने ज्योतिषहरुले बताउँदै आएका छन् ।

बिहीबार जन्मेका व्यक्तिहरुको स्वभाव निकै शान्त हुन्छ भने यिनीहरु एकदम समझदार हुने गर्दछन् ।यस्ता व्यक्तिहरुको मन सफा र स्वच्छ हुनुका साथै उनीहरु आफ्नै बिचार धाराका मालिक हुने गर्छन् । यस्ता व्यक्तिहरुलाई स्वतन्त्रता मन पर्ने भएका कारण बन्धनमा बस्न रुचाउँदैनन् ।मानिसहरुसँग राम्रो व्यवहार र निकै इज्जत गर्ने भएको कारण बिहीबार जन्मेका व्यक्ति अरु मानिसहरुका लागि आदर्शको पात्र बन्ने गरेको हुन्छ । यस्ता व्यक्तिहरुको भित्र नेतृत्व गर्ने गुण भएका कारण जुन क्षेत्रमा काम गर्दा पनि त्यस ठाउँमा उच्च पद हाँसिल गर्न धेरै समय लाग्दैन ।यस्ता व्यक्तिहरु निकै मेहेनती हुने भएकाले धेरै पैसा कमाउने गर्दछन् र लोभ नगरी मन खोलेर खर्च पनि गर्छन् । यिनीहरुलाई आफ्ना सामानहरु आफूले भने कै ठाउँमा होस् भन्ने चाहन्छन् ।

बिहीबार जन्मेका मानिसहरु स्ट्रेट फरवार्ड हुनुका साथै सुन्दरतालाई मन पराउने खालका हुन्छन् । बिहीबार जन्मेका व्यक्ति सुन्दर, आकर्षक र अन्टेन्सन प्रिय हुने भएका कारण धेरैजसोले प्रेम विवाह गर्न रुचाउँछन् ।स्वास्थ्यको दृष्टिकोणले हेर्दा बिहीबार जन्मेका व्यक्तिहरुलाई धेरैजसो सानो तिनो रोग जस्तै ज्वरो, पेट अथवा टाउको दुखाइले दुःख दिइरहेको छ । उनीहरुको वैवाहिक जीवन पनि सुखमय हुने गर्दछ । यस्ता व्यक्तिहरुले चाँडै नै मानिसहरुलाई विश्वास गर्ने भएका कारणले प्रतिफल भोग्नु पर्ने हुन्छ । यस्ता व्यक्तिहरुको धेरै साथीहरु भएतापनि साँचो मिल्ने मित्र निकै कम हुने गर्छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments