30.5 C
Kathmandu
Friday, June 2, 2023
E Sewa
HomeUncategorizedबिहे गरेको ८ दिनमा हिडेका श्रीमान ३० बर्ष सम्म आएनन, दिनरात फोटो...

बिहे गरेको ८ दिनमा हिडेका श्रीमान ३० बर्ष सम्म आएनन, दिनरात फोटो हेर्दै कुर्दै श्रीमती (हेर्नुहोस भिडियो)

गुल्मी जिल्लाको रुपाकोटको सोता भन्ने स्थानमा एउटी यस्ती महिला छन् जसले अहिले समाजमा भइरहेका घटनाको ठ्याक्कै उल्टो उदाहरण पेश गरेकी छन् । पछिल्लो समय हामीले वैदेशिक रोजगारीमा गएका युवा जव फर्केर घर आउँछन् नत उनीहरुले कमाएको सम्पत्ती रहन्छ नत उनका छोराछोरी र श्रीमती । श्रीमानले दुख गरेर विदेशमा कमाएको सम्पत्ती र छोराछोरी समेत लिएर महिला सम्पर्क विहिन भएका थुप्रै उदाहरण लगातार आइरहेका छन् । तर गुल्मीकी यि महिलाको जिवन कथा सुनिसकेपछि तपाईलाई लाग्छ समाजमा यस्ता पनि महिला छन् र ?सावित्रा भण्डारीको ३० वर्ष अघि बालकृष्णसंग विवाह भएको थियो । विवाह भएको ८ दिन पछि उनका श्रीमान धन कमाउन भन्दै विदेश गए । विदेश गएपछि उनले सावित्रालाई तीनवटा पत्र पठाए । पत्रमा लेखिएको थियो म छिटै फर्कन्छु तिमी राम्रोसंग पढेर बस ।

तर उनी अहिले सम्म फर्केर आएका छैनन् । तर पनि सावित्राले अहिले सम्म पनि आफ्ना श्रीमानलाई कुरेर बसेकी छन् । सावित्राले अहिले आफ्ना विवाहको फोटो हेरेर बसेकी छन् । ३० वर्षको उमेर हुँदा सम्म त सावित्रालाई दिन विताउन निकै मुस्किल हुन्थ्यो । उमेर थियो, बैंश थियो तर साथमा श्रीमान नहुँदा उनलाई निकै मुस्किल हुन्थ्यो । अब श्रीमान फर्केर आएपनि चिन्दिन होला, दुरान फर्केर आएपछि नै श्रीमान विदेश हिँडेका हुन् । कमाउन भन्दै उनी असामको नागालय जान भन्दै उनी हिडेका हुन् । विवाह भन्दा अघि पनि उनी भारतनै कमाउन जाने गरेका थिए । विवाह गर्दा बालकृष्ण २८ वर्षका थिए । सावित्राको वुवाले आफ्ना ज्वाईलाई भारत पठाउन चाहेका थिएनन् । उनले भनेका थिए ज्वाई असाम गएकाहरु फर्केर आएका छैनन् अब तपाई नजानुस् तर बालकृष्णले मेरो ब्यहार मिलाउनु छ छिटै फर्केर आउँछु भनेका थिए ।

त्यतीबेला मानिसले बोकेर उनको श्रीमानको पत्र बोकेर ल्याउने गरेका थिए । अहिले पत्र लिएर आएका मानिस जिवित छैनन् । असामवाट उनी घर आउन भनेर हिँडेको उनका साथीले बताएका छन् । सावित्राले आफन्त पर्नेसंग नै गाडीमा राखेर पठाएको आफुलाई बताएको सुनाइन् । विवाह गरेर गएको ४ वर्ष पछि उनी नेपाल फर्कन भन्दै हिडेको संगै बसेकाहरुले बताएका छन् । हेर्नुहोस भिडियो:

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments