– निमा पोङ्स्युवा
धरान / २२ औ अन्तरास्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप यहि फागुन १० गतेदेखि धरान रंगशाला मा हुनेछ।
प्रतियोगिता बारे धरान फुटबल क्लबले बिहिवार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो। पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष किशोर राई यश वर्षदेखि मोफसलका प्रतियोगितालाई एन्फाले नियमावली बनाएको बताए ।नियमावली अनुसार क ख ग श्रेणिमा वर्गीकरण गरिएको जनाए ।बुढासुब्बा गोलडकप भने मोफसलका क श्रेणिमा परेको बताए।वर्गीकरणसंगै खेलाडीहरुलाई थप सुबिधा दिनुपर्ने भएकोले थप चुनौती रहेको बताए।यस वर्षदेखि खेलाडी बिमाको सुबिधा रहेको र प्रत्येक टिमलाई पकेट मनिको ब्याबस्था गरेको अध्यक्ष राईले जानकारी दिए।
प्रतियोगितामा जम्मा ८ टिमले भाग लिइने जनाएको छ।जसमा मनाङ मर्स्याङ्दी क्लब काठमाडौ ,मच्छिन्द्र क्लब काठमाडौ,नेपाल पुलिस क्लब काठमाडौ,युके एफ्सि भारत,जापान फुटबल लिग टिम जापान,बेलबारी फुटबल क्लब मोरङ,मेची नेत्रालय काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापा र धरान फुटबल क्लब रहेका छन।
बिजेता टिमले १० लाख उप बिजेताले ५ लाख नगद पुरस्कार राशी प्राप्त गर्ने छ्न।प्रतियोगितामा उत्कृष्ट खेलाडीले डिइयो स्कुटर,उत्कृष्ट गोलरक्षकले नगद २५ हजार,उत्कृष्ट डिफेन्सले,उत्कृष्ट मिडफिल्डर,उत्कृष्ट स्ट्राइकर र उत्कृष्ट प्रशिक्षकले २५-२५ हजार नगद पुरस्कार पाउने छ।त्यसैगरी सर्वाधिक गोल कर्ताले ३५ हजार नगद पाउने कुरा आयोजकले जनाएको छ।खेल अवधिभर अनुमानित खर्च ७५ लाख ५५ हजार हुने जनाएको छ भने ९० लाख आम्दानी हुने अनुमान गरिएको छ।यस वर्षबाट निर्णय बिबाद नहोस् भन्नको लागि लाईनस मेन र रेफ्री बिच सिधै वाकिटकिमा संवाद गरिने ब्याबस्था संगै भिएआर प्रणालीबाट विवाद मुक्त खेल बनाउने तयारी रहेको जनाएको छ।खेल दिउँसो २ बजेदेखि शुरु हुनेछ भने खेलको फाईनल फागुन १७ गते हुनेछ।प्रतियोगितालाई टुबोर्ग बियरले प्रायोजन गरेको छ।