
ललितपुर । कोरोना भाइरस संक्रमणका कारण वैशाख २५ गते परेको बुद्धजयन्ती सिमित ब्यक्तिहरुका बिचमा दिप प्रज्वलन, प्रार्थना र पूजापाठ गरी मनाउन ललितपुर बुद्ध जयन्ती कोषले सार्वजनिक अपील गरेको छ ।
कोरोना रोकथाम तथा नियन्त्रणकालागी सरकारले जारी गरेको निर्देशनको पुर्ण पालना गर्दै घरमा दिप प्रज्वलन तथा पुजा-पाठ गरि मनाउन ललितपुर बुद्ध जयन्ती कोषका अध्यक्ष धर्म बहादुर शाक्यले प्रेस बिज्ञप्ति मार्फत आग्रह गर्नुभएको छ ।
प्रेस बिज्ञप्ति मार्फत कोरोनाबाट मृत्यु भएका दिवंगत आत्माहरुमा श्रद्धाञ्जली अर्पण गर्दै बिरामी परेकाहरुको सिघ्र स्वास्थ लाभको कामना गरीएको छ ।