26 C
Kathmandu
Saturday, June 10, 2023
E Sewa
HomeUncategorizedबुधबार भगवान गणेशलाई खुसि पार्न यसो गर्नुहोस, मिल्नेछ लाभ

बुधबार भगवान गणेशलाई खुसि पार्न यसो गर्नुहोस, मिल्नेछ लाभ

बुधवारको दिन भगवान गणेशलाई खुसी पार्न सकेको खण्डमा हरेक मनोकामना सिद्ध हुने मान्यता रहेको छ। भगवान गणेश दुख कष्ट हर्ने देवता हुन त्यसैले गर्दा उनलाई बिघ्नकर्ताका नामले पनि चिन्ने गरिन्छ। यहि कारणले गर्दा कुनैपनि पुजा गर्नुभन्दा अगाडी भगवान गणेशको आराधना गर्ने गरिन्छ। भनिन्छ बुधवारको दिन भगवान गणेशको पुजा आराधना गर्नाले घरमा सुख समृद्धि बढ्नुका साथै बुध दोषबाट पनि छुटकारा पाईने धार्मिक शास्त्रमा उल्लेख छ।

गणेशलाई खुसि पार्न अपनाउनुहोस् यी उपाय

-घर झगडा अन्त्य गर्नका लागि दुबोले श्री गणेशको प्रतिमा स्थापना गरि हरेक दिन पुजा आराधना गर्नाले पारिवारिक सुख शान्ति प्राप्त हुन्छ।

-बुधवारको दिन घरमा सेतो गणेशको मुर्ति स्थापित गर्नाले हरेक किसिमको तन्त्र शक्तिको नाश हुने बिश्वास गरिन्छ।

-चडाईएको उक्त लड्डु गाईलाई खुवाउदा बिशेष लाभ हुने देखिन्छ।

-घरमा नकारात्मक शक्ति प्रवेश हुन नदिनका लागि घरको मुख्य ढोकामा गणेशको तस्बिर राख्नु आवश्यक छ।

– आर्थिक समस्या परेको छ भने बुधवारको दिन गणेशलाई घ्युको लड्डु चडाउनु पर्छ।

बुधवार यसरी गर्नुहोस श्री गणेशको पुजा

-बुधवार गणेशलाई दुबो अर्पण गर्दा भगवान खुसि हुने मान्यता रहेको छ।

-बुधवार गाईलाई हरियो घाँस खुवाउनाले पनि गणेशजीको कृपा रहन्छ।

-बुधवार गणपतीलाई सिन्दुर चडाउनाले हरेक समस्या समाधान हुन्छ।

-मुंगको दाल दान गर्नाले बुध दोषबाट मुक्ति पाइन्छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments