धरान / सन्चारकर्मी दिल कुमार राईले आफ्ना बुबा कृष्ण बहादुर राई र आमा राजकुमारी राईको सम्झनामा आर्थिक सहयोग गरेको छ।
दिलकुमार राईले मंगलबार किरात राई यायोक्खा प्रारम्भिक कमिटी धरान १३ को भवन निर्माणको लागि १३ हजार रुपैया हस्तान्तरण गरेको हो।किराया प्रारम्भिक कमिटी सचीव सत्य राई कोषाध्यक्ष सुनिता राई धनबहादुर राई कुमार राई लगायतको उपस्थितिमा उक्त रकम हस्तान्तरण गरेको हो।
किरात राई यायोक्खाको १३ नम्बर कमिटी भवन निर्माण गर्नको लागि भनेर मदन राईले जग्गा उपलब्ध गराएको कुरा पत्रकार समेत रहेका वसन्त बान्तवाले जानकारी दिए।जग्गा दिने सुनिश्चित भएको तर कम्तीमा १० धुर तर त्यो भन्दा बढि पनि दिन सकिने बताए । जग्गादाता मदन राईले धरान १३ गौरा मार्गमा भवन निर्माणको लागि जग्गा उपलब्ध गराएको बताए ।जग्गा उपलब्ध भएपछि भवन निर्माण प्रक्रिया अगाडि बढाउने तयारीसंगै दिलकुमार राईबाट आर्थिक सहयोग उपलब्ध भएको बताए।
दिलकुमार राईले केही रकम संखुवासभा जिल्लाको किड्नी रोगी चम्फामाया राई अर्का बिरामी घोपा क्याम्पमा रहेकोले उनिहरु आर्थिक सहयोग गर्ने प्रतिवद्द्ता जनाए।