22.1 C
Kathmandu
Monday, May 29, 2023
E Sewa
Homeसमाचारबृटिश भुपु सैनिकद्वारा मेयरलाई सम्मान,चैत भित्र धरानको खाल्डा पुरिसक्छ - मेयर(भिडियो सहित)

बृटिश भुपु सैनिकद्वारा मेयरलाई सम्मान,चैत भित्र धरानको खाल्डा पुरिसक्छ – मेयर(भिडियो सहित)

धरान / बृटिश गोर्खा भुपु सैनिक एकता समाज धरानले धरानका मेयर तिलक राईलाई बधाई तथा सम्मान गरेको छ।

सैनिक भवनमा शुक्रबार आयोजित एक कार्यक्रममा नव निर्वाचित मेयर तिलक राईलाई बधाई तथा सम्मान गरेको हो।एकता समाजका अध्यक्ष गजेन्द्र इस्बोको अध्यक्षतामा भएको सो सम्मानमा मेयर तिलक राई गोर्खा भुपु सनिक मित्र राईको छोरा समेत भएको उल्लेख गरे।उनले धरान भुपु सैनिकको विभिन्न क्षेत्रमा लगानी भएको भन्दै त्यसलाई अभिभावकत्व निभाउन आग्रह गरे।हाल गोर्खा भुपु सैनिकबाट गोर्खा भुपु कम्प्लेक्स संगै गोर्खा भुपु बचत तथा ऋण सहकारी बृटिस सामुदायिक भवन बिद्यालय तथा गिर्खा स्मारक पार्क लगायतमा लगानी गरेको बताए।

सम्मान कै क्रममा डा. रामनारायण कन्दङ्बाले लामो समयसम्म कम्युनिस्टले जितेको धरानमा गोर्खा सैनिकको छोराले जितेको बताए। उनले अब अवसरसंगै चुनौती आएको बताए।छुट्टै पहिचान बोकेको धरान शहरमा भुपु सैनिककै कारण बिकास भएको बताए।हाल धरानको सडकको अवस्था जिर्ण रहेको उल्लेख गर्दै बिपि क्याम्प जाने अस्पताल जाने जिर्ण बाटोमा अपरेसन गरेको बिरामिको सिलाई नै खुस्किने बताए।अब जितेको किल्लालाई जोगाउने कि निरन्तर लाने भन्ने चुनौती रहेको समाधान गर्न सुझाब दिए।

सम्मानपछि तिलक राईले सडकको दुरावस्था चाडै हट्ने बताए।सडक बिभागको कारणले काम अख्तियारले बेरुजु देखाउने भएकोले यस्तो भएको बताए।पत्राचारपछि त्यो कुरा क्लियर भएको भन्दै धनकुटे रोड शहरी सडक भैसकेकोले धरान भित्रको सडकलागि ९० लाखको बजेट मर्फत काम हुने बताए।बरगाछिदेखि छाताचोक सम्मको सडक बिभाग मार्फत काम हुने भन्दै दुई करोड बजेतबाट रिपिछ हुने बताए।जस्का लागि टेन्डर प्रक्रिया मार्फत हुने भन्दै चैत भित्रमा धरानका खाल्डाखुल्डी पुरिसक्ने प्रतिवद्द्ता जनाए।मेयर राईले भुपु सैनिकको योगदानकै कारण धरानको बिकास भएको भन्दै आगामी बजेटमा गोर्खा पार्क लगायत मा धरान उपमहानगरले आवस्यक बजेट विनियोजन गर्ने आश्वासन दिदै थप योजना भए बसेर छलफल गर्न तयार रहेको जनाए।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments