काठमाडौं : सरकारले बैशाख ३ गते सम्म लकडाउन लम्ब्याउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले थप एक साता लकडाउनको अवधी थप गर्ने निर्णय गरेको हो।
सरकारले चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ गतेसम्म लकडाउन गरेको थियो। पहिलो चरणको लकडाउन पछि फेरि सरकारले चैत २५ गते राति १२ बजेसम्मलाई लकडाउन लम्ब्याएको थियो। योसँगै लकडाउनको समय थपेको सरकारले तेस्रो पटक हो।
दोस्रो पटक लकडाउन थप गरेपछि सुदूरपश्चिममा एकै पटक तीन जनामा कोरोना संक्रमण देखिएको थियो। हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ।