23.1 C
Kathmandu
Wednesday, September 27, 2023
HomeUncategorizedबोल्न र हिड्न नसक्ने लक्ष्मीको बन्ने भयो घर: आयो यति ठुलो सहयोग...

बोल्न र हिड्न नसक्ने लक्ष्मीको बन्ने भयो घर: आयो यति ठुलो सहयोग || (भिडियो)

७ वर्षिया सोम माया थापामगरको परिवारमा खुशी छाएको छ। बाबुले आत्महत्या र आमा थलिएर ओछ्यानमै परेपछि सोममायाको परिवारको बिचल्ली भएको थियो। तर आज सहियोगी मनहरुको सहयोगले सोममायाको परिवारको दैनिकी सुध्रिएको छ।उनको आमा लक्ष्मी थापा मगरको काठमाडौँको हेम्प्स अस्पतालके निशुल्क उपचारबाट बोल्ने, हिड्ने भएकी छिन्। शरीरभर नै रौँ र फोकैफोकाबाट पिडित सोममायाको पनि निशुल्क उपचार हुने भएको छ। यति मात्रै हैन गाँस, बाँस र कपासको समेत अभाव रहेको उनको परिवारको घर निर्माण हुने कार्य शुरु भएको छ।

उनको भिडियो सामाग्री सामाजिक संजालमा भाइरल भएपछि सहैयोगी दाताहरुको सहयोगमा घर निर्माण हुन् लागेको हो। गत महिना लक्ष्मी थापा मगरको घर धादिङ्गमै पुगेर बनाएको भिडियो रिपोर्ट हेरेपछि मुक्तिनाथ विकास बैंकका कर्मचारी अन्तमान श्रेष्ठ र तेज गिरीलेले घर निर्माणका लागि अभियान चलाएर १ लाख ५४ हजार रुपैयाँ सङ्कलन गरी लक्ष्मीको हातमा हस्तान्तरण गरेका छन्। बैकका कर्मचारी तेज गिरीले भने, ‘आफ्नो सहकर्मी अन्ततमान श्रेष्ठले भिडियो हेरेपछि सबै मिलेर सहयोग गर्ने योजना बनाएको र एउटा सहयोगी अभियान नै लिएर रकम जुटाएका हौ।” उनीहरुले सबैलाई थापामगरको घर निर्माण गर्न समेत् पहल गरेका छन्। भिडियो हेर्नुहोस :

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments