30.5 C
Kathmandu
Friday, June 2, 2023
E Sewa
Homeराष्ट्रियभक्तपुरलाई केन्द्रविन्दु बनाएर भूकम्प!उपत्यकामा कडा धक्का महसुस

भक्तपुरलाई केन्द्रविन्दु बनाएर भूकम्प!उपत्यकामा कडा धक्का महसुस

काठमाडौँ । बिहिबार बिहान राजधानीलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ। बिहिबार बिहान ८ बजेर १४ मिनेट जाँदा भक्तपुरलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भक्तपुरको अनन्तलिङ्गेस्वर आसपासको क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो। उक्त भूकम्प ३ दशमलव ४ रेक्टर स्केलको रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

भूकम्प भक्तपुरलाई नै केन्द्रविन्दु बनाएर गएको हुँदा उपत्यकामा कडा धक्का महसुस गरिएको छ। भूकम्प राजधानीका ती जिल्ला सहित काभ्रेमा पनि महसुस गरिएको बताइएको छ।

यस भन्दा अगाडी वैशाख ३० गते पनि भूकम्पको धक्का महसुस गरिएको थियो। दोलखा केन्द्रविन्दु बनाएर गएको उक्त भूकम्प ५ दशमलव ३ रेक्टर स्केलको थियो भने दोलखा आसपासका जिल्ला सहित काठमाडौँ उपत्यकामा पनि महसुस भएको थियो।

विस २०७२ को महाभूकम्पपछि सना-ठूला पराकम्पहरु जानेक्रम जारी छ। महाभूकम्प गएका क्षेत्रमा दशौँ वर्षसम्म परकम्पन आइरहने विज्ञले जनाएका छन्। विज्ञहरुका अनुसार यसकै निरन्तरताका रूपमा नेपालमा पाँच वर्षअघिको भूकम्पपछि परकम्पन आइरहेको हो।

जमीनमुनि भारतीय र तिब्बती प्लेट निरन्तर ठोक्किइरहने र भारतीय प्लेट तिब्बती प्लेटको मुनि घुस्ने क्रम निरन्तर भइरहेको हुँदा यसबाट हुने शक्ति सञ्चय भूकम्पीय माध्यमबाट क्षय हुने विज्ञहरुले बताएका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments