– निमा पोङ्स्युवा
बैशाख १,धरान / पुर्व घोषित लक डाउनको समयावधि सकिन २ दिन बाँकी रहेको बेला भानुचोक वरपर रहेका घुमन्ते मानिसलाई लांघाली बनको भवनमा राखिएको छ।
धरानमा आई शहरमा घुमी बस्ने अर्घ मानसिक सन्तुलन गुमाएका घुमिडुली हिड्नेहरु ४५ जनालाई ब्यबस्थित गरिएको कुरा वडा प्रहरी कार्यालयका सई हेम लिङ्देनले जानकारी दिए। यसरी घुमी हिड्ने ४५ जनामा १० जना महिला ३४ जना पुरुष र एक जना नाबालक रहेको सई लिङ्देनले जानकारी दिए। उनिहरुलाई भोलि मेडिकल पनि गरिने बताए। यस अघि वडा प्रहरी कार्यालयमा राखिदै आएकोमा आजबाट लांघाली सामुदायिक बनको भवनमा स्थानान्तरण गरिएको कुरा होप धरानका निश्चल पलिखेले जानकारी दिए। ४५ जनालाई खानाको ब्याबस्था ७ दिनको लागि होप धरानले गरिने जानकारी दिए। ४५ जनाको लागि ओढ्ने ओछ्याउने लुगाको ब्याबस्था मारवाडी सेवा समितिले गरेको जानकारी दिए।
सरकारले कोरोना भारसबाट बच्नको लागि लक डाउन गरिएको छ।लक डाउनपछी कोहि पनि बाहिर निस्कन निषेध गरिएको छ।यसरी निषेध गरेपछि भानुचोक वरपर र धरानमा घुमफिर गर्ने ब्यक्तिहरुलाई समेत ब्यबस्थित गरिएको हो। कोबिड १९ ले बिश्वमा महामारीको रुप लिइरहेको छ भने छिमेकी देश भारतमा तीन सय जनाको ज्यान गैसकेको छ। अन्तर्राष्ट्रिय उडान बन्दसंगै भारतिय सिमा बन्द गरिएको छ।भारतले पनि १४ तारिखसम्म लक डाउनको समय तोकिएको छ।
धरानमा लक डाउन उलंघन गरेको भन्दै बिहान मर्निङ वाकमा निस्किएकाहरुलाई पनि नियन्त्रण लिन शुरु गरिएको छ।अत्यावश्यक बाहेक सबै सवारीमा रोक लगाएका छन। बिना कारण मोटरसाइकल चलाउनेलाई समेत नियन्त्रण लिदै लक डाउन नखुलुन्जेलसम्मको लागि मोटरसाइकल फिर्ता गरिएको छैन।
यसअघि भानुचोकमा रहेका सडक बालकलाई समेत भेलागरेर ब्यबस्थापन गरेको छ।