25.5 C
Kathmandu
Monday, September 25, 2023
Homeराष्ट्रियभारतबाट एकै दिन  पाँच सय नेपालीलाई बाँके प्रवेश

भारतबाट एकै दिन  पाँच सय नेपालीलाई बाँके प्रवेश

भारतको क्वारेन्टाइनमा रहेका करीब पाँच सय नेपालीलाई नेपालगञ्ज नाकाबाट नेपाल ल्याइएको छ । सीमावर्ती भारतीय शहरका विभिन्न क्वारेन्टाइनमा रहेका नेपालीलाई बिहिबार स्वदेश ल्याइएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए ।

उनका अनुसार भारतको बहराइच आसपासका क्वारेन्टाइनमा रहेका नेपालीलाई पहिलो चरणमा ल्याइएको छ । जमुनाहा ल्याएपछि उनीहरुको नाम र ठेगाना सोधिनाका साथै आरडिटी गरेर सम्बन्धित जिल्लामा पठाउने कार्य भएको छ । स्वास्थ्य परीक्षणका लागि नेपाली सेनाले सीमानाका जमुनाहमा पालबाट अस्थायी जाँच कक्ष तयार गरेको छ ।

बिहिबार नै विभिन्न क्वारेन्टाइनमा रहेका भारतीयलाई भारततर्फ पठाइएको छ । नेपालगञ्जको महेन्द्र बहुमुखी क्याम्पस र कोहलपुरको श्रीराम माध्यमिक विद्यालयको क्वारेन्टाइनमा रहेका भारतीयलाई पठाइएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments