28.8 C
Kathmandu
Friday, June 2, 2023
E Sewa
Homeअन्तरराष्ट्रियभारतमा आँधीले ७२ जनाको मृत्यु, विमानस्थल भत्कियो

भारतमा आँधीले ७२ जनाको मृत्यु, विमानस्थल भत्कियो


काठमाडौं । भारतको पश्चिम बंगालमा अम्पुन आँधीले ७२ जनाको मृत्यु भएको छ । आँधीको कारण कोलकत्ता एयरपोर्ट जलमग्न भएको छ । आँधीले ५ हजार भन्दा बढी घर भत्काएको छ । पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले अम्पुन आँधीका कारण करोडाैंको क्षति भएको बताएकी छन् ।

आफ्नो जीवनकालमा यस्तो कहालीलाग्दो आँधी कहिल्यै नदेखेको मुख्यमन्त्री बेनरजीको भनाई छ । प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीवट गरेर बंगालमा आँधीबाट जीवन गुमाउनेहरुप्रति श्रदाञ्जली र शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गरेका छन् ।

बंगालको खाडीबाट आएको अम्पुन आँधी कोलकत्ता आइपुग्दा बुधबार १ सय ९० किलोमिटर प्रतिघण्टाको वेगमा रहेको भारतीय मौसम विभागले जनाएको छ । ऑधीका कारण आसाम मेघालयमा समेत असर गरेको छ । आँधीले कोलकत्ता विमानस्थलको छत खसेको छ ।

विमानस्थलमा भरिएकाे पानी निकाल्ने प्रयास भइरहेको पश्चिम बंगाल सरकारले जनाएको छ । आँधीले ओडिसाको ९ जिल्ला प्रभावित भएको छ ।पश्चिम बंगालको तटीय जिल्ला मिदनापुर २४ दक्षिण तथा उत्तरी परगनाका साथै हावडा हुगली पश्चिमी मिदनापुर तथा कोलकत्तामा आँधीले क्षति पुर्याएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments