23.2 C
Kathmandu
Wednesday, June 7, 2023
E Sewa
Homeराष्ट्रियभारतमा रहेका आफन्तलाई फर्कन दिनुपर्ने माग राखी स्थानीय आन्दोलन गर्दै

भारतमा रहेका आफन्तलाई फर्कन दिनुपर्ने माग राखी स्थानीय आन्दोलन गर्दै

कञ्चनपुर । भारतमा अलपत्र परेका नेपालीको उद्धार गर्न माग गर्दै कञ्चनपुरको महाकाली नगरपालिकामा स्थानीयले आन्दोलन गरेका छन् ।

भारतमा रहेका आफ्ना आफन्तलाई फर्कन दिनुपर्ने माग राखी स्थानीयले आन्दोलन नै गरेको महाकाली नगरपालिकाका प्रवक्ता दिलबहादुर सिँजालीले जानकारी दिए ।

सिँजालीका अनुसार भारतबाट फर्किने नेपाली दैनिकजसो लुकिछिपी नेपाल आइरहेका छन् । उनका अनुसार आज (बिहीबार) पनि दशगजा क्षेत्रमा नेपाली आएर बसेका छन् ।

‘भारतबाट दैनिक लुकिछिपी आइरहेका छन्,’ उनले भने, ‘यहाँ दैनिक स्थानीयले आन्दोलन गरेका छन्, न प्रवेश पाएका छन, न उतै भारतमा उचित व्यवस्थापन भइरहेको छ, हामी जनप्रतिनिधिलाई हैरानी मात्रै भएको छ ।’

उनीहरूले कहिले नगरपालिका, कहिले नगरप्रमुख, वडाध्यक्ष एव स्थानीयस्तरमा आन्दोलन गरिरहेका छन् ।

सीमावर्ती पुनर्वास नगरपालिका– ९ का वडाध्यक्ष नारायण जैसीले भारतमा रहेकाहरूलाई फर्कन दिनुपर्ने भन्दै स्थानीयले दबाब दिइरहेको बताए ।

‘सरकारले भारतमा रहेका नेपालीको विषयमा ठोस पहल गरेको छैन,’ उनले भने, ‘यस्तो स्थितिमा नेपालीहरू भारतबाट लुकिछिपी आइरहेका छन् । यसले झनै जोखिम बढाएको छ ।’

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments