काठमाडौं । सरकारले भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर नयाँ नक्सा सार्वजनिक गरेको छ। बुधबार भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले मन्त्रालयका आयोजित एक कार्यक्रममा नेपालको नयाँ नक्सा सार्वजनिक गरेकी हुन्। सोमबार सरकारले भारतले अतिक्रमण गरेको नेपाली भूमि समेटेर नयाँ नक्सा जारी गर्ने निर्णय गरेको थियो। सरकारका तर्फबाट जेठ दुई गते राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा भारतले अतिक्रमण गरेको नेपाली भूमि समेटेर नयाँ नक्सा जारी गर्ने घोषणा गरेकी थिइन।
भारतले अतिक्रमण गरेको भूमि समेटेको नेपालको नयाँ नक्सा सार्वजनिक
RELATED ARTICLES