23.2 C
Kathmandu
Wednesday, June 7, 2023
E Sewa
Homeराजनीतिभारतीय दूतावास अगाडि विरोध प्रदर्शन गर्ने अनेरास्ववियूका नेता पक्राउ

भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गर्ने अनेरास्ववियूका नेता पक्राउ

काठमाडौं ।  भारतले नेपाल भूमि लिपुलेकमा सडक बनाएको विरोधमा विद्यार्थीहरुले भारतीय दुतावास अगाडि प्रदर्शन गरेका छन्।

शनिबार विद्यार्थीहरुले काठमाडौंस्थित भारतीय दूतावास अगाडि लैनचौरमा प्लेकार्ड सहित प्रर्दशन गरेका हुन्।

त्यस क्रममा केही विद्यार्थीहरुलाई प्रहरीले पक्राउ गरेको छ। सत्तारुढ नेकपा निकट अनेरास्ववियूका नेता सुदेश पराजुली, केन्द्रीय सदस्यहरु यशु लामा, महेश श्रेष्ठ, अशोक थापा, मेघनाथ चापागाई लगायत दुई दर्जन विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको अनेरास्ववियूले जनाएको छ।

पक्राउ परेका अनेरास्ववियूका नेताले प्रहरीको भेनबाट नेपाली भूमि फिर्ता गर, लिपुलेक हाम्रो हो जस्ता नारा लगाएका थिए।

भारतका रक्षामन्त्री राजनाथ सिंहले शुक्रबार दिल्लीबाट भिडियो कन्फ्रेन्समार्फत् भारतको धार्चुलाबाट लिपुलेक तथा पिथौरागढबाट गुञ्जी पुग्ने मार्गको उद्घाटन गरेका हुन्। गुञ्जी र लिपुलेक नेपाली भूमि हुन्। भारतको उक्त कदमको नेपालमा तीव्र विरोध भइरहेको छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments