20.1 C
Kathmandu
Wednesday, November 29, 2023
Homeराष्ट्रियभारतीय नाकाबन्दी र लकडाउन संगै युद्दको तयारी !

भारतीय नाकाबन्दी र लकडाउन संगै युद्दको तयारी !

सम्पादकीय – निलेश अधिकारी

भारतको हेपाह र षडयन्त्र पूर्ण प्रबृतिले नेपालले आज सम्म धेरै नै नोक्सानीको सामना गर्नु परेको छ! देशको क्षेत्रफल ठुलो हुदैमानै सार्वभौम सम्पन्न हुन्छ भन्ने होईन, भारतको भनाइमा “हाम्रो सानो भाई ” भन्ने तर के को प्रमाणिक्ताले हामी सानो भाई? हाम्रो इतिहास त भारतको भन्दा धेरै नै पुरानो छ ? भारत बिभिन्न काल खण्डमा बिभिन्न देशको गुलामी सहि धेरै राज्यहरु मिलाई ब्रिटेनले खडा गरिदिएको देश हो! भारतको बिभिन्न स्वतन्त्रता संग्रामलाई नेपालका राजनीतिज्ञहरुले सहयोग गरेको इतिहास पल्टाएर हेरे भेटिन्छन । नेपाल त इतिहासको बिभिन्न काल खण्डमा समेत सार्बभौम थियो र आज सम्म पनि रहि आएको छ! त्यस कारण “हाम्रो सानो भाई” भन्ने तुक्ष्य सोचबाट भारत सचेत हुनु पर्छ! ” सानो भाई ” त नेपाल नभएर भारत हो! नेपाल सानो होईन यो कुराको मनन भारतलाई हुनु जरुरी छ!

निलेश अधिकारी

नेपालको बदलिदो एकतापूर्ण राष्ट्रिय सहमती र राजनीतिक परिघटना क्रम सगै छिमेकी ठुला देशहरुमा देखा परेको समस्या, राजनीतिक कुटनीतिक लाल्छ्ना लगाउने भ्रामक मिडिया वाक युद्द र त्यस्ले निम्त्याउन सक्ने खटास पूर्ण मित्रतामा हाल आएर भयावह स्थिती तिर जाने प्रसस्त मात्रमा मार्ग देखिन्छ र यो प्ररिस्थितिलाई नेपालले आफ्नो अनुकुलतामा देश हितकोलागि प्रयोगमा ल्याउन सकेमा भबिष्यमा राजनीतिक सफलतामा एक कोसेढुंगा साबित हुन सक्छ । यसैको कारण हाम्रो देश ठुलो राजनीति बिकासको बाहक भै परिर्वतित नेपाल हुन सक्छ भन्ने बिश्लेषण बौद्दिक बिचारहरुमा देख्न सकिन्छ!

छिमेकी देशहरुको हरेक कुरामा भारतिय पक्षले टांग लगाउने प्रबृतिले भारत आफैँ पनि अप्ठ्यारोमा परेको अनुमान लगाउन सकिन्छ । चीन-भुटान-भारत , चीन–भारत र पाकिस्तान-भारत बिचको तनावले नेपाललाइ पनि बिभिन्न समयमा समस्या र प्रभावमा नपारेको भने होईन तर अहिले नेपाल र भारत मात्र नभई चीन र भारतबीचमा पनि तनाव बढिरहेको देखिन्छ ! दोक्लाम सीमाविवाद मूलत चीन र भुटानबीचको समस्या थियो । सीमा विवादका सम्बन्धमा चीन र भुटानबीच २२औँ चरणको वार्ता भइसकेको थियो । तेस्रो देशको हस्तक्षेपविना वार्ता अगाडि बढ्न पाएको भए दुवै देश बीच यस्तो समस्या आउने थिएन । नेपाल–चीन, लाओस–चीनबीच पनि सीमामा समस्या थियो जुन बिना तनाव समाधानको बाटोमा गयो। त्यसैगरी स्वतन्त्र रूपमा समस्या समाधान गर्न भारतले हस्तक्षेप नगरी वार्ताद्वारा समाधानको बाटो खोज्न प्रोत्साहित गर्नु पर्ने तर त्यस्तो कार्य अझै पनि कुनै छिमेकी देशहरु संग गरेको देखिदैन ।

भारतले सानो सार्वभौमसत्ता सम्पन्न देश नेपा्ललाई अब बिभिन्न समयमा भिन्न भिनै प्रभाव र असरमा पार्ने र आफ्नो सर्त पुरा गराउन दवाब दिन सक्छ! लकडाउनको समयमा बोर्डर खुल्ला गरि बिना परिक्षण लाखौ नेपाली नगरिक नेपाल छिर्न सहज गरी कोरोना भाईरस कोभिड १९ को माहमारी होस भन्ने भारतको चाहना र सोच हुन सक्छ ! बिभिन्न देशहरु र भारतमा कार्यरत नेपालीहरुलाई देश फिर्ताकोलागि पहल गरि माहामारीकै समयमा नेपाललाई दुख दिने जस्तो कार्य गर्न सक्छ! हाम्रा देशका नागरिक भारतीय सेनामा पनि छन्, चीनले नेपालका नागरिक गोरखा भर्तीमा रहेको कुरा राम्रोसँग बुझेको छ । नेपालका नागरिक भारतीय सेनामा रहनु चीनका लागि समस्या भने होईन तर तनावकै बीच भारत सरकारले तीनलाई पनि चीन-भारत बोडरमा प्रयोग गर्न सक्छ ! यदि चीन-भारत युद्ध नै हुने स्थिति आएमा नेपाल सरकारले आफ्ना नागरिकलाई कुनै पनि छिमेकी मुलुकको हितविपरीत कार्यमा प्रयोग गर्न दिनुहुँदैन । नेपालका नागरिक भारतीय सेनामा कार्यरत भए पनि आफ्ना नागरिकलाई अर्को छिमेकी मुलुकको विरुद्ध प्रयोग गर्न दिनु हुन्न। नेपाल सरकारले भारतको पक्ष र चीनको विरुद्ध,र चीनको पक्ष, भारतको विरुद्धका गतिविधिहरु हुन दिनु हुँदैन । त्यसकारण हाम्रो नागरिकलाई चीन-भारत युद्दको मोर्चामा जान दिनुहुँदैन । नेपालको परराष्ट्रनीतिलाई प्रतिकूल असर गर्ने गरी छिमेकीसँगको सुमधुर सम्बन्धलाई प्रतिकूल असर गर्ने गरी आफ्ना नागरिकलाई प्रयोग नगर्न भारत सरकारसँग अपिल गर्न सक्नुपर्छ । भारतले समय समयमा आफ्नो माग पुरा गराउन दवाब दिदै भारतले अन्तर्राष्ट्रिय कानुनको पनि उल्लंघन गर्दै नाकाबन्दि जस्तो अमानवीय कार्य गर्दै आएको सर्वबिदितै छ जस्मा प्रधानमन्त्री नेहरुले बि स २०१९ सालमा, प्रधानमन्त्री ईन्दिरा गान्धीले बि स २०२७ सालमा,इतिहासमाको काल खण्डमा सबै भन्दा लामो राजिब गान्धी प्रधानमन्त्री हुदा २०४५ देखि २०४७ सम्म, र नरेन्द्र मोदी प्रधानमन्त्री हुदा बि स २०७२ को ६ महिने नाकाबन्दि गरी आफ्नो माग पुरा गराउन दवाब दिएको दु:खद घटना इतिहासमा आज सम्म पनि जीवीतै छ! अबका दिनहरुमा पनि नगर्ला भन्न सकिन्न त्यसैले आम नागरिक सजक हुनु जरुरी देखिन्छ !

नेपालका प्रधानमन्त्री के पी ओलीले आफ्नै शब्दमा भारतीय दुतावास जाने, मन्त्री मण्डलबाट पास भएको कुराहरु दुतावासमा जनकारी गराउने र देशको अहित गर्ने काम नगर्न भन्नुका साथै आबश्यक परे फोन ट्याप गर्ने र पत्रकार संग पनि कम बोल्न भन्नु भएको छ! भारतले अरु देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने जस्तो कार्य गर्दै आइरहेको छ! हालैमा ताईवानको सपथ ग्रहणमा बीजेपीका २ सांसद पठाउनु,भुटान मामिलामा अग्रसर हुनु,नेपालको बिरोध हुँदा हुँदै भारतको नक्सा प्रकाशन र नेपाली भूभागमा सडक निर्माण गर्नु अनि युद्द सम्मको स्थितीमा जान सक्छ भनि ईन्डियन मिडियाबाट सनसनी पुर्ण समाचार प्रशारण गर्नु भारतको हितमा हुने छैन! भारतको दवाब र पदिय लुलुप्तामा नेताहरु लाग्नु कदापी देश हितमा हुने छैन !

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments