काठमाडाैं । भारत र चीनबीच सिक्किममा रहेको सीमामा दुई देशका सैनिकमा झडप भएको छ ।

उत्तरी सिक्किममा १५ देखि २० भारतीय सैनिकहरूबीच हात हालाहाल भएको थियो । दुवै पक्षले ढुंगा हानाहान समेत गरेको बताइएको छ ।
भारत र चीनबीच उक्त क्षेत्रमा वास्तविक नियन्त्रण रेखाका सम्बन्धमा विवाद छ ।
घटनाको भिडियो भारतीय सेनाले खिचेको बताइएको छ ।
भारतीय सेनाका सूत्रहरूले बताएअनुसार, दुवै पक्षलाई सामान्य चोटपटक लागेको छ ।
स्थानीय तहमा छलफलपछि दुवै सैनिक अहिले पछि हटेका छन् ।
सीमा विवादका कारण दुवै पक्षबीच यदाकदा यस्ता घटना हुने गरेका छन् । दोक्लम विवाद भएको साढे दुई वर्षपछि यो घटना भएको हो ।