23.2 C
Kathmandu
Wednesday, June 7, 2023
E Sewa
Homeअन्तरराष्ट्रियभारतीय सैनिक हाम्रो कब्जामा छैनन्: चीन

भारतीय सैनिक हाम्रो कब्जामा छैनन्: चीन

चीनले आफ्नो नियन्त्रणमा अब कुनै पनि भारतीय सैनिक नरहेको बताएको छ । यसअघि भारतले पनि आफ्ना कुनै पनि सैनिक अब चीनको कब्जामा नरहेको बताएको थियो ।

नियमित पत्रकार सम्मेलनको क्रममा चीनको विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले शुक्रबार बेलुका भने, ‘जहाँसम्म मलाई जानकारी छ, यो समय चीनको नियन्त्रणमा भारतीय सैनिक छैनन् ।’

सोमबार राति पूर्वी लद्दाखसँग सीमा जोडिएको वास्तविक नियन्त्रण रेखा (एलएसी) मा भारत र चीनका सेनाबिच भिडन्त भएको थियो । सो भिडन्तमा भारतका एक उच्च कमाण्डरसहित २० सैनिकको मृत्यु भएको थियो ।

त्यसको तीन दिनपछि बिहीबार बेलुका चीनले आफ्नो नियन्त्रणमा रहेका १० भारतीय सैनिकलाई स्वतन्त्र गरेको उच्च सुरक्षा स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले खबर छापेका थिए ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओले भारतीय सैनिक हिरासतमा लिए नलिएको पुष्टि भने गरेनन् ।

चीनले गलवान उपत्यका आफ्नो अधिकार क्षेत्रको भूभाग रहेको बताएको छ । यसमा भारतको पनि दाबी रहँदै आएको छ ।

तर शुक्रबार सर्वदलीय बैठकको क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अहिले कुनै पनि भारतीय क्षेत्रमा कसैको नियन्त्रण नरहेको र चेकपोस्ट पनि नियन्त्रणमा नरहेको बताएका थिए ।

यसको अर्थ गलवान उपत्यकामा भएको भिडन्त चिनियाँ क्षेत्रमा भएको र सो भूभाग चीनकै रहेको मोदीले पुष्टि गरेको भन्दै विभिन्न क्षेत्रबाट मोदीको आलोचना भइरहेको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओले एलएसीमा भएको भिडन्तपछि भारतमा भइरहेको प्रदर्शन तथा चिनियाँ उत्पादन बहिस्कार गर्ने मागबारे सोधिएको प्रश्नमा उत्तर दिँदै गलवानमा जे भयो त्यसको जिम्मेवार भारत रहेको बताए ।

तनाव कम गर्नका लागि दुई देशबिच कूटनीतिक तथा सैन्य तहमा वार्ता भइरहेको उनले बताएका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments