23.2 C
Kathmandu
Wednesday, June 7, 2023
E Sewa
Homeसमाचारभारत नेपालको सिमानाकाबाट १९ किलो चाँदीसहित भारतीय नागरिक पक्राउ

भारत नेपालको सिमानाकाबाट १९ किलो चाँदीसहित भारतीय नागरिक पक्राउ

भारत नेपालको सिमानाकाबाट १९ किलो चाँदीसहित एक भारतीय नागरिकलाई पक्राउ गरिएको छ । छिमेकी मुलुक भारत–नेपाल धनुषाको जटही नाकाबाट भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत बिहारको मधुवनी जिल्लाको सुट्ठी गाउँका ५० वर्षीय चन्द्रकान्त झालाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल जटहीका प्रहरी नायब उपरीक्षक निर्मल खडकाले जानकारी दिए । जटही नाका भएर साइकलमा आउँदै गरेका उनको शरीर चेकजाँच गर्दा चाँदीसहित पक्राउ गरेको खडकाले बताए ।

बरामद गरिएको १९.४१७ केजी चाँदीको मूल्य १९ लाख ६४ हजार ३ सय ४० नेपाली रुपैयाँ रहेको उनले बताए । पक्राउ परेका सो भारतीय नागरिकको साथबाट एक थान साइकल, मोबाइल र घडि समेत बरामद गरिएको छ ।

अनुसन्धानका लागि उनलाई भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments