काठमाडौं । भारतले नेपाललाई ३० हजार टेस्ट किट प्रदान गरेको छ । भारतीय राजदूत विनय मोहन क्वात्राले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई भारत सरकारका तर्फबाट नेपाललाई ३० हजार टेस्ट किट उपहारस्वरुप प्रदान गरेका हुन् ।

राजदूत क्वात्राले माइल्याबले उत्पादन गरेको प्याथोडिटेक्ट कोभिड–१९ क्वालिटेटिभ आरटी पीसीआर टेस्ट कीटहरु आइतबार हस्तान्तरण गरेका हुन् ‘भारतीय जनताका तर्फबाट नेपाली जनताका लागि उपहारस्वरुप प्रदन गरिएको सो टेस्ट किटहरुको सहयोगले नेपालका स्वास्थ्यकर्मीहरुले ३० हजार व्यक्तिको पीसीआर परीक्षण गर्न सक्नेछन्,’ काठमाडौंस्थित भारतीय दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
दूतावासले जारी गरेको विज्ञप्तिमा औषधी र परीक्षण किटको हस्तान्तरणले कोभिड–१९ महामारीले निम्त्याएको साझा चुनौतीविरुद्ध तयार रहन, सामना गर्न तथा एकसाथ लड्न दुई देशका नेता एवं जनताबीचको सहकार्य जारी रहेको बताइएको छ ।