29.4 C
Kathmandu
Friday, June 9, 2023
E Sewa
Homeसमाचारभीम रावलले सबैभन्दा बढी सुरक्षाकर्मीको दुरुपयोग गरेका छन् : प्रधानमन्त्रीका सल्लाहकार थापा

भीम रावलले सबैभन्दा बढी सुरक्षाकर्मीको दुरुपयोग गरेका छन् : प्रधानमन्त्रीका सल्लाहकार थापा

पछिल्लो समय सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रैका नेताहरु एक -आपसमा आ’रोप प्र’त्यारोपमा उ’त्रिएका छन् । जसको पछिल्लो उदाहरण नेकपा स्थायी कमिटी सदस्य भीम रावल र प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा हुन् ।खुला रुपमा आ’रोप प्र’त्यारोपमा उत्रिएका उनीहरुबीचको वि’वाद अहिले उ’त्कर्षमा पुगेको छ । यसक्रममा थापाले भीम रावलले सुरक्षाकर्मीको दु’रुपयोग गरेको आ’रोप लगाएका छन् ।

थापाले सरकारले तय गरेको कार्यविधि विपरित रावलले सुरक्षाकर्मी लिएर हिँडेको बताएका छन् । ‘सबै कार्यविधि विपरितका सुरक्षा अगुवा पछुवा, सुरक्षा पक्ति लिएर हिँडिरनु भएको छ, उहाँलाई कसले धम्की दिने ? सोच्न पनि नसक्ने आ’प’राधिक कुरा किन गरिरहनु भएको छ ? यो सबै वाहियात कुरा हो भन्ने लाग्छ,’ उनले थाहा खबर अन्तर्वार्ताका क्रममा भनेका छन् ।

भीम रावलले बालुवाटारबाट आफूलाई मा’र्ने ध’म्की आएको बताउँदै आएका थिए । त्यसबारे स्पष्टिकरण दिँदै थापाले सुरक्षाकर्मीको दु’रुपयोग गरेको आ’रोप लगाएका हुन् । बेलायती राजकुमारी डायनाको प्रसंग निकालेर पापाराजीहरुले जसरी डायनलाई फलो गरेका थिए त्यसैगरी आफूलाई मा’र्ने ध’म्की दिएको अ’राोप लगाएका थिए ।अन्तर्वार्तामा थापाले भक्तपुर र धरानमा चुनाव हार्न पनि राउलको भनाइले भूमिका खेलेको उल्लेख गरका छन् । उनले भनेका छन्–उहाँका (रावल) भनाइले भक्तपुर र धरानमा पार्टीले चुनाव हार्न भूमिका खेलेको छ । पार्टीले गरेको कामलाई जनताको बीचमा लैजानु पर्नेमा सबैभन्दा धेरै भ्रम सिर्जना गर्ने काम सबैभन्दा धेरै उहाँले गर्नु भको छ ।’

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments