24.9 C
Kathmandu
Monday, September 25, 2023
HomeUncategorizedभीषण वर्षा र हावाहुरीको कारण क्वारेन्टाइन नै उडायो

भीषण वर्षा र हावाहुरीको कारण क्वारेन्टाइन नै उडायो

काठमाडौं । गए राति हावाहुरीसहित परेको पानीले प्युठान नगरपालिका वडा नं ४ विजुवार गणतान्त्रिक खेलमैदानमा निर्माण गरिएको क्वारेन्टाइन उडाएको छ । रातको करिब २ बजे पानी परेपछि क्वारेन्टाइन उडाएको थियो ।  लगातार परेको भीषण वर्षा र हावाहुरीको कारण मध्यरातपछि उनीहरु सुत्नै पाएका छैनन् ।

प्युठान २ सिद्धार्थ सामुदायिक संस्थाको क्वारेन्टाइनमा १५ दिनदेखि बस्दै आएका आएका पाँच जनाको आरडिटी गर्दा दुई जनाको रिपोर्ट पोजेटिभ आएपछि तिनलाई गणतान्त्रिक खेलमैदानको क्वारेन्टाइनमा राखिएको नगरपालिका स्वास्थ्य शाखा प्रमुख गोविन्द घिमिरेले बताए । उनीहरुलाई तत्काल सुरक्षित ठाउँको ब्यवस्थापन गरिने  जनाइएको छ ।  हावाले क्वारेन्टाइनका केही संरचना उडाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए । 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments