नेपाल मत्स्य व्यवसायी संघका केन्द्रिय अध्यक्ष अम्बिका प्रसाद अधिकारीले अहिले नवलपुर जिल्लाको रजहरमा लोकल कुखुरा पाल्न थालेका छन् । घर पछाडीको जग्गा पनि सुदपयोग हुने भएकाले लोकल कुखुरा र माछा पाल्न एकिकृत रुपमा सुरु गरेको उनले जानकारी दिए । व्यवसायीक रुपमै कृषी कर्ममा लाग्न पर्छ भन्दै उनले केरा खेती गरेका छन् । २०५१ सालमा आफुहरुले नै चितवन जिल्लामा केरा खेतीको सुरुवात गरेको उनले बताए ।
केरा खेतीमा सफलता हात परेपछि उनी फेरी माछा पालनमा लागेका हुन् । उनी अहिले नेपालभर छरिएर रहेका माछा कृषकको नेतृत्व गर्ने तहमा समेत पुगेका छन् । अहिले बजारमा लोकल कुखुराको माग बढेको उनको भनाइ छ । ‘बजारमा लोकल कुखुराको माग बढेको छ’ उनले भने, ‘कुखुरा पाल्न किसानले बजार बजार पनि चिन्न सक्न पर्छ ।’हेर्नुहोस भिडियो: