-निमा पोंस्युवा
बैशाख ३,धरान । पुस माघमा संखुवासभा जिल्लाको उत्तरी शिङसा क्षेत्र भोटखोलाबाट जडिबुटी बेच्न मधेस झरेकाहरु लकडाउनका कारण घर फिर्न पाएका छैनन् । समयमै फर्किन नपाउदा खेतीपाती गर्नबाट बन्चीत हुने अवस्था सिर्जना भएको छ ।
हाल यसरी जडिबुटी बेच्नेहरु झापा,मोरङ,सुनसरी,महोत्तरी,सर्लाही लगायतका जिल्लाहरुमा धेरै जनाको संख्यामा रहेका छन । झापाको लक्ष्मीपुर,दमक,बुधबारे,पृथ्वीनगर लगायतका स्थानमा लकडाउनका कारण घर फर्किन पाएका छैनन । मोरङको उर्लाबारी,पथरी,सोमबारेमा समेत थुनिएका छन् । धरानमा बस्दै आएका शिङसा कल्याण केन्द्र धरानका अध्यक्ष छितेन नुप्पाले आफ्ना भाउजु जडिबुटी बेच्न झरेको लकडाउनका कारण झापामा बिचल्लीमा परेको बताए ।तेस्तै समस्यामा परेको हाल काठमाण्डौमा बस्दैका पासाङ नुप्पाको पनि छ । उनको ससुरा माघमा झापामा जडिबुटी बेच्न झरेको लकडाउनका कारण बिचल्लीमा परेको बताउदै चिन्तीत भएको बताए । छोटो समयका लागि भनिए पनि लकडाउन लम्बिएपछि भने थप समस्यामा परेका छन । छोटो समय हुँदै महिना दिन नै समय बित्ने भएपछि भने समस्या सिर्जना भएको छ । यसरी जडिबुटी बेच्न झर्दा कुनै घरको सपरिवार र कुनैको भने बाँडिएर झर्ने गरीन्छ । यसरी पुरै झर्नेको भने अझ समस्या हुने भएको छ । गाउँमा खेतीपाति गर्न समय भएकोले बिउ बिजन राख्न ढिलो भएकोले पनि थप समस्यामा पर्ने भएको छ । बाँडिएर आएकालाई भने फिर्नुको समस्या बाहेक अरु छैन ।
लकडाउन लम्ँिबने भएपछि केहि दिन अघि मात्र चेपुवाका धेम्बा भोटे सहित उर्लाबारीबाट ५ जना महिला सहित धरानबाट पैदल फर्किएका थिए । अब यहि प्रक्रियाले लम्बिने हो भने बिकल्प खोज्नुपर्ने देखिन्छ । बैशाख ३ गतेबाट खोलीने धेरैको आशा रहेका थिए । तर परिस्थीती भने बिपरित भएको छ ।यस अघि नेपाल सरकारले उपत्यकामा बिचल्ली परेकालाई २ दिनको लागि बाहिरिन दिने चर्चा भएपछि धेरैले फिर्न पाउने आशा गरेका थिए ।
नेपाल सरकारले कारोना भाइरस भाइरसबाट बच्न लकडाउन गरेपछि चैत भित्रमा फर्किसक्नेहरु बिचल्लीमा परेका हुन । चैतको पहिलो हप्तामा धरान आइपुगेकाहरु भने लकडाउन हुनु अगाबै घर पुगिसको छन । धरान आएर फिर्ने तयारीमा रहेकाहरु चैत १० गते भानुचोकमा बसमा चढिसकेकालाई प्रहरीले झारेका थिए । उक्त दिन सयौका संख्यामा यात्रु बिचल्ली हुने भएपछि दिउसो केहि बसमा टाढाकालाई छाडेका थिए । सोहि मौकामा जडिबुटी बेच्ने केहिले फिर्न पाएका थिए । चैतको दास्रो सातासम्म घर फिरीसक्नेमा लकडाउनका कारण बिचल्लीमा परेका छन । एकातिर घर फर्किन नपाउने चिन्ता छ भने अर्को तर्फ बाली लगाउन नपाउने चिन्ताले जडिबुटी बेच्न काबिला झर्नेहरुलाई सताएको छ ।
यस बिषयमा भोटखोला गाउँपालिकाका अध्यक्ष तेम्बा भोटे ( ठिलेन साङबु )संग बुझ्दा संखुवासभा जिल्ला समन्वय समितिको बैशाख २ गते खाँदबारीमा बैठक बसेका जानकारी दिए । तर सो बैठकमा जिल्ला प्रशासन कार्यालयबाट प्रमूख जिल्ला अधिकारी र जिल्ला प्रहरी कार्यालय संखुवा सभाका डिएसपी नै अनुपस्थीत भएको जानकारी दिए । दुबैजनाको अनुपस्थीतीका कारण भोटखोलाबासीको समस्यामा कुनै निर्णय हुननसकेको बताए । जिल्लाका १० स्थानीय सरकारका प्रतिनिधि ४ जना सांसद सहितको बैठक बसे पनि आफ्ना गाउँको समस्यामा भने निर्णय हुननसककेमा दुखी भएको बताए । अध्यक्ष तेम्बाले गाउँमा खेतीपाती शुरु भैसकेको अवस्थामा कसरी हुन्छ उद्दार हुनुपर्ने माग गरेको बताए । उनले संखुवासभाका प्रमूख जिल्ला अधिकारीलाई कुरा राखेको बताए । प्रमूख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले एक वडाबाट अर्को वडामा समेत आवातजावत बन्द गरेको अवस्थामा सम्भव नभएको जवाफ दिएको बताए । उनले खाँदबारीमा मात्र ५० ÷६० जना रहेको र अन्य जिल्लमा समेत गर्दा करीब ३५० जनासम्मको संख्यामा जडिबुटी बेच्नेहरु लकडाउनमा फसेको जानकारी दिए । यस बिषयमा जिल्ला प्रशासन कार्यालय संखुवासभामा सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।