22.1 C
Kathmandu
Wednesday, September 27, 2023
HomeUncategorizedभोटखोलामा एक वडाबाट अर्को वडामा जान रोक

भोटखोलामा एक वडाबाट अर्को वडामा जान रोक

– निमा पोङ्स्युवा

धरान / कोरोना भाइरस कोभिड १९ बाट बच्नको लागि सरकारले लकडाउन गरिरहेको बेला संखुवासभा जिल्लाको उत्तरी शिङ्सा क्षेत्र भोटखोला गाउँपालिकामा एक वडाबाट अर्को वडामा जान तोक लगाएको छ।

भोटखोला गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत फुर्पु भोटेद्वारा मंलबार सुचना जारी गर्दै आवातजावतमा प्रतिवन्द लगाएको छ।सुचनामा गाउँपालिकाले यहि ७६ साल चैत २३ गते बसेको बैठकले भाइरसको महामारी प्रकोप नियन्त्रण गर्न तथा संक्रमण्क हुनबाट सुरक्षित रहनको लागि भोट्खोला गाउँ पालिकाको एक वडाबाट अर्को वडामा यहि मिति २०७६ साल चैत २५ गतेदेखि लागुहुनेगरी अर्को सुचना जारी नभैन्जेलसम्म्को लागि आवातजावतमा बन्द गरिएको जनाएको छ।

कोरोनाको संत्रास फैलिएपछी नजिकै रहेको किमाथांका नाका हालसम्म बन्द छ।नाका बन्द भएपछि खाद्यान्न अभाव भएको छ भने खेती गर्नको लागि आवश्यक पर्ने रासायनिक मलको समेत अभाव भएको स्थानीयले जनाएको छ।यसअघि नाका खुल्ला हुँदा खाद्यान्न तथा रासायनिक मल लगायत चिनबाट आउने गरिन्थ्यो।गाउपालिकाले किमाथांकामा रहेका कर्मचारी तथा प्रहरी सेनाको लागि भनेर केही महिना हेलिकप्टरमा तुम्लिङटारबाट खाद्यान्न किमाथांका पुर्‍याएका थिए।

शिङ्सा क्षेत्र भोटखोलामा एक गाउँबाट अर्को गाउँ आवातजावत गर्न एक घन्टादेखि तीन घण्टाको समयको दुरि पार गर्नुपर्ने हुन्छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments