काठमाण्डौं-भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङले अर्को वर्षदेखि जनकपुर जयनगर रेल चल्ने बताउनु भएको छ।सोमबार प्रतिनिधिसभामा मन्त्रालयगत बजेट छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै उहाँले दुईवटा रेल खरिद प्रक्रिया अघि बढिसकेको बताउनु भयो।मन्त्री नेम्वाङलाई कांग्रेस सांसद सञ्जयकुमार गौतमले तीन वर्षदेखि सुरुङ मार्ग,रेल मार्ग,जलमार्गको कुरा सुन्दै आएपनि केही उपलब्धी नभएको भन्दै‘रेलमार्ग र जलमार्गमा कति बजेट छुट्याउनुभएको छ भनी प्रश्न गर्नु भएको थियो।जवाफमा मन्त्री नेम्वाङले भन्नु भयो,पूर्व पश्चिम रेलमार्गको डीपीआर सम्पन भएको छ।निर्माण गर्ने बेलामा अपडेट गरिन्छ।उहाँले चालु आर्थिक वर्षमा रहेका योजनाहरुलाई निरन्तरता दिइएको तर केहीबाहेक नयाँ योजना समेट्न नसकिएको बताउनुभयो।८० वटा राजमार्गलाई निरन्तरता दिँदै पूर्वपश्चिम राजमार्गलाई ४ लेनको बनाउन बजेट छुट्याइएको मन्त्री नेम्वाङले बताउनु भयो।बजेटले भौगोलिक सन्तुलन कायम गर्ने परम्पराको थालनी गरेको पनि उनले दावी गर्नु भयो।खासगरी प्रत्येक निर्वाचन क्षेत्रमा १० करोड बराबरको खरिद प्रक्रिया अगाडि बढाउने र रणनीतिक सडकमा बजेट विनियोजन गरिएको उहाँले बताउनु भयो।