23.2 C
Kathmandu
Wednesday, June 7, 2023
E Sewa
Homeसमाचारमंगल ग्रहको तस्बिरमा रहस्यमय प्वाल

मंगल ग्रहको तस्बिरमा रहस्यमय प्वाल

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले सन् २०११ मा मंगल ग्रहको एउटा तस्बिर लिएको थियो। उक्त तस्बिर नासाले यही मार्च १ मा प्रदर्शन गरेको छ। मंगल ग्रह कैद गरिएको उक्त तस्बिरमा एउटा रहस्यमय प्वाल देखिएको छ।

विभिन्न सञ्चार माध्यमहरूले जनाएअनुसार वैज्ञानिकहरूले मंगल ग्रहका ती ठाउँ बस्नका लागि उपयुक्त हुन सक्ने बताएका छन्। ३५ मिटर व्यास भएको प्वालको नजिकै थुप्रै गुफाहरू पनि रहेका छन्। वैज्ञानिकहरूले अहिले यही तस्बिरको बारेमा अध्ययन अनुसन्धान गरिरहेका छन्।

अध्ययनका लागि नासाले ‘आर्बिटर’ नामको एउटा रोबोट पठाएको छ। रोबोटले मंगल ग्रहको तस्बिर खिच्दै पठाइरहेको छ। यो तस्बिर पनि ‘आर्बिटर’ ले खिचेर पठाएको हो। तस्बिरमा देखिएको प्वालको विषयमा नासाले छलफल गरेपछि गुफा लगभग २० मिटर गहिरो रहेको पनि पत्ता लागेको छ।

नासाको ब्लगमा उल्लेख भएअनुसार मंगल ग्रहमा देखिएको प्वालको वरिपरि थुप्रै सुरक्षित खालका गुफाहरू पत्ता लागेका छन्। जसका लम्बाइ ३५ मिटर र गहिराइ २० मिटरसम्म हुन सक्ने अनुमान छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments