चैत १३,धरान / समाजवादी युबा संघले कोरोनाले आक्रान्ता पारिरहेको बेला बिषेशगरी मजदुर र निमुखालाई सरकारले खाद्यान्नको ब्याबस्था गर्न माग गरेको छ।
समाजवादी युबा संघ प्रदेश नम्बर १ ले आज बिज्ञप्ति जारी गर्दै हुनेखानेले घरमै बसेर क्वरेन्टाईनमा सरकारसंग हातेमालो गर्नसक्छ यर गरिब ज्यालादारी मजदुर तथा निमुखा जनतालाई यसले सबैभन्दा बढी पीडा दिएको बिज्ञप्तिमा उल्लेख छ।समाजवादी युबा संघ प्रदेश १ अध्यक्ष श्री सुब्बाको हस्ताक्षरित बिज्ञप्तिमा यस्तो अवस्थाको निमुखा जनता तथा मजदुरको लागि राहत प्याकेजको माग गरिएको छ।