‘सेता पञ्जाहरूमा क्रान्ति असम्भव छ – भ्लादिमिर लेनिन’
०७२ काे मधेश-थरूहट अान्दोलनमा भएकाे नरसंहारकाे घटनालाई पुनर्ताजगी गर्ने गरी हिजाे फागुन २३ गते पुनः मधेशकाे सप्तरीमा विभत्स हत्याकाण्ड भएकाे छ । २१ गते झापाकाे सुखानी पुगेर सहिदहरूलाई माल्यार्पण गरेर ‘मधेश-थरूहट केन्द्रित’ मेचीमहाकाली अभियान थालेकाे नेकपा एमालेले सप्तकाेशी कटिसक्दा सङ्घीयवादी अान्दाेलनमा थप सहिदहरू थपिदिएकाे छ । मधेशविराेधी छविलाई एमालेले सत्ताबाहिर रहँदा पनि निरन्तरता दिएर पूर्वराजा ज्ञानेन्द्र शाहकाे स्वेच्छाचारितालाई पनि उछिनिसकेकाे छ ।
यद्यपि, तराईकाे भूगाेलमा चलिरहेको मधेश-थरूहटकाे अान्दाेलनउपर व्यक्त भइरहेको असंवेदनशीलतामा नेकपा एमाले या अन्य राजनीतिक दलहरू मात्रै नभई सिङ्गो पहाडिया राष्ट्रवादी चेत जिम्मेवार छ । उत्पीडनकाे तहमा अन्य सामाजिक र भाैगाेलिक समूह(अादिवासी जनजाति, दलित/शिल्पी, महिला, खस, कर्णाली)हरू रहेतापनि मधेश-थरूहटले सदैव दुई कदम अघि बढेर विभेदविरूद्धकाे माेर्चामा अाफूलाई दह्रोसँग उभ्यायाे । न्याय, समानता र अात्मसम्मानका लागि दक्षिणी भूगाेलहरूले अान्दाेलन गरिरहँदा हामी जहिले मूकदर्शक बनिरह्याैँ । अन्य उत्पीडितहरूकाे अान्दाेलन पनि एकाकार गर्नुपर्नेमा अधिकांश समय उत्तेजना, भावाशेष र अन्ध विश्लेषणमा मात्रै खर्चिरह्याैँ । समग्रमा हामीले भूगोल बचाउने नाममा समुदाय सफाया अभियानमा निर्लज्ज ढङ्गले लागिरह्याैँ ।
देशभित्रका मधेशीलाई बिहारी देख्ने, थारूलाई कमैया देख्ने तर समुन्द्रपारिका काेरियन, जापानिजहरूलाई अाफू नजिककाे देखेर राैसिने हामी पहाडियाहरूले मधेश-थरूहटमा भइरहेकाे दमनकाे नैतिक जिम्मेवारी लिनैपर्छ । ‘तामाङ’ थर भएकै कारण भारतीय नागरिक प्रशान्त तामाङलाई ‘इन्डियन अाइडल-३’ बनाइदिने हामी पहाडियाहरू गुप्ता, महताे, मण्डल थरका मधेशी नेपालीहरूलाई बारम्बार ‘फिजीकरण’ हुँदै ‘भारतकरण’ हुने त्रासमा नागरिकताकाे प्रश्नले सिर्कना हानिरहन पाउँदा गाैरवान्वित हुन्छाैँ ।
तराईकाे अाैलाे राेग पचाएर बसेका थारू, धिमाल, राजवंशीहरूले सदियाैँदेखि अावाद गरेका भूमिहरूमा हामी पहाडियाहरू बसाइँ सरेर उनीहरूलाई अल्पसंख्यक बनाइसकेपछि बहुमत र अल्पमतकाे डिङ पिटिरहन्छाैँ । ‘लाेकतन्त्र’काे सबैभन्दा विवादरहित खेलजस्ताे गरेर ‘चुनाव, चुनाव र मात्रै चुनाव’ काे राग अलापिरहन्छाैँ । जस्तो कि तानाशाही ज्ञानेन्द्रलाई ब्यालेटले पछारेजस्ताे । जस्तो कि ००७ सालमा जहानियाँ राणा खलकहरूलाई चुनावी प्रतिस्पर्धामा पाखा लगायाैँ जस्तो ।
अार्थिक क्रान्ति, पूँजीवादी क्रान्ति, सूचना क्रान्ति, विज्ञान क्रान्ति अादिकाे कुरा गरेर पृथ्वीबाट अर्बाैँ वर्षअघि टुक्रिएकाे पिण्ड चन्द्रमामा मानव वस्ती त कहिले मङ्गल ग्रहमा सम्भाव्यताकाे ‘अमेरिकी सपना’ पनि पछ्याउँछाैँ । अर्काेतिर भरै भाेलि नै नेपाल भन्ने देशबाट मधेश टुक्रिएर पृथ्वीकै अन्तिम नक्सा बदिलन्छ भन्ने सुनामी अाैडाहा पनि पालिबस्छाैँ । अाफ्ना नागरिकहरूलाई ‘अाँप’ झारेजस्ताे ढालेर भएपनि त्रिकोणात्मक ध्वजालाई फर्फराइरहनु जाे छ ।
सबैभन्दा विडम्बना अध्याय भनेकाे उत्पीडित समूहरू एकै साथ एकै समय एउटै मुद्दामा एउटै माेर्चाबाट नलड्नु हाे । सुदूर पूर्वकाे कुनाबाट लिम्बुवानकाे अान्दाेलन चलिराछ । तर, घरिघरि यसकाे टेम्पो कहिले तल कहिले माथि भएर सुर लाग्दैन । बेला बेला मध्य भागमा तामाङसालीङ र नेवाःकाे झिल्काे देखिन्छ । पश्चिममा मगरात र तमुवान अाफ्नाे सबैभन्दा ठूलाे सामर्थ्य जनसाङ्ख्यिक उपस्थितिबारे बेखबर छ । खसान, कर्णाली र उत्पीडित ब्राह्मणहरू अझै सशक्त गरी दक्खल दिन सकिरहेका छैनन् । दलित/शिल्पीकाे धैर्यतालाई कसैले उछिन्न नसक्ने भएका छाैँ । अनि, कसरी सम्भव हुँदाे हाे त संयुक्त राष्ट्रिय मुक्तिकाे अान्दाेलन हामी पहाडियाहरूकाे पनि ???
अन्त्यमा, अर्जेन्टिनामा जन्मेका कमरेड चे ग्वेभाराबाट केही सिकाैँ । उनी राजधानी ब्युनाेस अायर्समा जन्मे । चिकित्सक ग्वेभारा ग्वाटेमाला पुगे । सामाजिक अान्दोलनमा सहभागी भए । अनि, लागे क्युबा । कास्ट्राेकाे दाहिने हात भएर अमेरिका हल्लाउने गरी क्रान्ति गरे । पछि, ल्याटिन अमेरिकाबाट अफ्रिकी मुलुक कङ्गाे टेकेर परिवर्तनको बिगुल फुके । त्यहाँबाट फेरि, बालिभिया निस्के ।
हामी लिम्बुवान, खम्बुवान, तमुवान, मगरात चाहनेहरू अाफ्नाे मूल थलाेमा लड्न नसके या लड्ने साहस नभए मधेश-थरूहट झरेर चे ग्वेभाराजस्तै सामाजिक राजनीतिक अान्दोलनमा सहभागी भइदिएर उत्पीडनकाे अन्त्यको माेर्चामा उभिन सक्छाैँ । चिसाे हृदय भएका पहाडहरूमा बस्नुभन्दा ताताे र जीवन्त भएका मधेश-थरूहटका फाँटहरूमा दाैडिनुमै अानन्द जाे छ ।
सङ्घीय सलाम मधेश-थरूहटवासीहरूलाई …
याे एक ‘निरीह’ पहाडिया प्रतिनिधिबाट ।