गायक मनोज महतोले आज थारु समुदायको नयाँ बर्ष २६४३ माघीको शुभ अवसर पारेर आफ्नै शब्द संगीतमा तयार पारेको थारु गित”ओई पगली” आफ्नै अफिसियल युट्युब च्यानल मनोज महतो& मा रिलिज गरेका छ्न ।<यस गितमा गायक महतोलाई चर्चित गायिका अनु चौधरीले स्वर दिई साथ दिएका छ्न भने मोडलमा थारु समुदायका प्रख्यात चर्चित सुपरमोडल वीर चौधरी संगै टिकटकबाट भाईरल बनेका र अब उप्रान्त मोडलिङमै जम्ने प्रयासमा गरिरहेकी मोडल सुष्मा चौधरीको लाजवाफ अभिनय देख्न सकिन्छ्।
यस् म्युजिक भिडियोको छायांकन लक्ष्मण घिमिरे,निर्देशन हिरा चौधरी,ब्यवस्थापन महाराज थापाले गर्नु भएको छ भने श्रिङ्गार,डिजाईन अनिता तामाङ,आश्मा महतो लगायतकोले गरेकी हुन । यसै म्युजिक भिडियोबाट मोडल सुष्मा चौधरीले डेब्यु गर्दैछिन। गायक महतो यतिबेला चितवनमा हुने सातौं खिचरा महोत्सव लगायत विभिन्न ठाउँमा आयोजना हुने माघे सङ्क्रान्ती,माघी मेलामा समेत आफ्नो प्रस्तुती देखाउदैछ्न ।भिडियो :