23.2 C
Kathmandu
Wednesday, June 7, 2023
E Sewa
Homeराजनीतिमहेश बस्नेत, सर्वेन्द्र खनालविरूद्ध मानव अधिकार आयोगमा उजुरी

महेश बस्नेत, सर्वेन्द्र खनालविरूद्ध मानव अधिकार आयोगमा उजुरी

समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवले आफूलाई महोत्तरीबाट अपहरण गरी काठमाडौं ल्याएको भन्दै  सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसदद्वय महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ किसन र पूर्वआइजिपी सर्वेन्द्र खनालविरूद्ध मानव अधिकार आयोगमा निवेदन दिएका छन्।

बिहीबार पुल्चोकस्थित मानव अधिकार आयोग पुगेर सांसद यादवले आफूलाई अपहरण गरेको भन्दै निवदेन दिएका हुन्।

अपहरण गरी बन्धक बनाइ काठमाडौं ल्याएको भन्दै उनले यसअघि महानगरीय प्रहरी परिसर, सरकारी वकिल कार्यालय काठमाडौंमा किटानी जाहेरी दिए पनि दर्ता भएको थिएन।

‘सत्ता र शक्तिका आडमा उनीहरूले मेरो ज्यान लिन सक्ने अझै पनि जोखिम छ,’ सांसद यादवले दिएको निवेदनमा भनिएको छ, ‘सांसदद्वय बस्नेत र श्रेष्ठ तथा पूर्वआइजिपी खनाललाई पक्राउ गरी आवश्यक छानबिन र कारबाही गर्नुपर्छ।’

काठमाडौंबाट गएका सांसदद्वय बस्नेत, श्रेष्ठ र पूर्वआइजिपी खनालले सांसद यादवलाई वैशाख १० गते काठमाडौं ल्याएका थिए। सांसद यादवले दिएको निवेदन आयोगले बुझेको छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments