22.1 C
Kathmandu
Wednesday, September 27, 2023
Homeराजनीतिमाइतीघर मण्डलामा विरोधमा प्रदर्शनमा उत्रिएका युवा–विद्यार्थीहरुले यसरी जलाए,प्रधानमन्त्री ओली र मोदीको पुत्ला

माइतीघर मण्डलामा विरोधमा प्रदर्शनमा उत्रिएका युवा–विद्यार्थीहरुले यसरी जलाए,प्रधानमन्त्री ओली र मोदीको पुत्ला


काठमाण्डौं-भारतले नेपाली भूभागमा बाटो बनाएको विरोधमा प्रदर्शनमा उत्रिएका युवा–विद्यार्थीले सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन्।युवा सीमा बचाउ अभियान अन्तर्गतका युवा–विद्यार्थीले सोमबार प्रदर्शनको क्रममा बबरमहलमा मोदी र ओलीको पुत्ला दहन गरेका हुन्।प्रहरीले १८ जना प्रदर्शनकारीलाई पक्राउ गरेको छ।लिपुलेक–कालापानी क्षेत्रको नेपाली भूभागसमेत पर्ने गरी भारतले धार्चुला हुँदै मानसरोवर जाने बाटो उद्घाटन गरेपछि युवा–विद्यार्थी आन्दोलनमा छन्।उनीहरुले गएको शनिबारदेखि प्रदर्शन गर्दै आएका छन्।सोही क्रममा सोमबार मध्यान्न उनीहरुले मोदी र ओलीको पुत्ला जलाएका हुन्।आइतबार संसद भवन अगाडि प्रदर्शन गरेका युवा–विद्यार्थीले शनिबार माइतीघरमा जुलुश निकालेका थिए।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments