– निमा पोङ्स्युवा
चैत १७,धरान / धरान उपमहानगरपालिकाले मूल्य सुचीसहितको तरकारी घर घर डुलाउन थालेको छ।
धरान उपमहानगरको कृषि बजारबाट ल्याएको तरकारी धरान भरी बेच्ने क्रममा सोमबार धरान १५ निराजन बस्तिमा आईपुगेको छ। गाडिमा तरकारी ल्याएपछि धरान ३ र १५ का निराजनबासिले खरिद गर्न पाएको छ। तरकारी बेच्लेले समितिले दिएको मूल्य सुची सहित तरकारी बिक्रि गरिरहेका छन।मूल्य सुची अनुसार सबै भन्दा बढी हरियो खुर्सानी प्रती केजि दुई सय रुपैया रहेको छ। स्थानियलाई उनिहरुले बोकेको मूल्य सुची साबिकको बजार दर कस्तो हो भनेर बुझ्दा केही सामान त सस्तोमा भएको बताए।स्थानिय सुना खजुमले मुला लगायत केही तरकारी बजार मूल्य भन्दा सस्तो रहेको बताए।
धरान उपमहानगरले बजारमा उपभोग्य बस्तुको मूल्य वृद्धि भएपछि नियन्त्रण गर्न १६ गते सर्वपक्षीय बैठक बसेका थिए । उपभोग्य सामान कालोबजारी भएको जनगुनासो आएपछि धरान उपमहानगरले यस्तो कदम चालेको हो।बैठकले धरान उपमहानगरको संयोजकत्वमा १३ सदस्यीय समिति गठन गरेका थिए।बैठकले तरकारी सबै कृषि बजारमा जम्मा गर्ने उक्त तरकारी अन्य खुद्रा ब्यापारीलाई दिन नपाइने निर्णय भएको हो।धरानमा समय तालिका समेत नभएपछि दैनिक उपभोग्य सामान खरिद गर्न समस्या भएका थिए।लक डाउनको समयमा दैनिक उपभोग्य सामान किन्न भन्दै बाहिर निस्किएका थिए।प्रहरी बाहिर निस्कन नदिएपछि उपभोग्य बस्तु खरिद गर्न समस्या आएको हो।