22.1 C
Kathmandu
Tuesday, May 30, 2023
E Sewa
Homeराष्ट्रियमेलम्चीमा एकैदिन १८ जनामा कोरोना संक्रमण

मेलम्चीमा एकैदिन १८ जनामा कोरोना संक्रमण


सिन्धुपाल्चोक । मेलम्चीको बाहुनेपाटीको क्वारेन्टाइनमा रहेका १३ जना र दोलखाबाट आएका मेलम्चीको क्षेत्रिय क्वारेन्टाइनमा बसेका ५ जनामा गरी सिन्धुपाल्चोकमा थप १८ जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य कार्यालयका सूचना अधिकारी कृष्ण तिवारीका अनुसार दोलखाबाट आएर क्षेत्रिय क्वारेन्टाइन मेलम्चीमा बसेका ८ जना र बाहुनेपाटीमा रहेका १८ जनाको गरी जम्मा २६ जनाको स्वाव संकलन गरी असार १ गते परिक्षणको लागि टेकु प्रयोगशाला काठमाडौं पठाइएकोमा १८ जनामा संक्रमण देखिएको हो।

उनीहरूको रिपोर्ट बिहिबारराति आएको हो । संक्रमितहरू पाँचपोखरी गाउँपालिकाका १० जना, हेलम्बु गाउँपालिकाका ३ जना र मेलम्ची नगरपालिकाका ५ जना रहेका छन् । उनीहरू भोजपुर र दोलखाबाट भिन्न भिन्न समयमा आएका थिए ।

योसँगै जिल्लामा कुल संक्रमितको संख्या २४ पुगेको छ । संक्रमितमध्ये एक महिलाको भने मृत्यु भइसकेको छ । उनी कोरोनाबाट ज्यान गुमाउने पहिलो व्यक्ती हुन् । मृत्युपछि धुलिखेल अस्पतालमा गत वैशाख १ गते महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो । एक संक्रमित भने उपचारपछि निको भएर घर फर्केका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments