23.1 C
Kathmandu
Wednesday, September 27, 2023
Homeसमाचारमे दिवसमा मजदुर काममा(भिडियो सहित)

मे दिवसमा मजदुर काममा(भिडियो सहित)

निमा पोङ्स्युवा

धरान / अन्तर्राष्ट्रिय श्रमिक दिवस मजदुरहरुको लागि उत्सव भए पनि धरानमा त्यो हुन सकिएन। शुक्रबार मजदुरहरु धरान १७ मा निर्माण कार्यमा ब्यस्त देखिन्थे।

https://youtu.be/NGAHeA1CXPc

बिश्वब्यापी रुपमा कोरोनाले त्रासदी र ज्यान लिइरहेको बेला श्रमिक तथा मजदुरले उत्सब मनाउने अवस्था भने पक्कै छैन। तर नेपालमा लकडाउन समेत भैरहेको अवस्थामा निर्माण कार्यलाई सुचारु गरिएको छ।

धरान उपमहानगरपालिकाको वडा नम्बर २० बिष्णुपादुका जोड्ने धरान १७ मा निर्माणाधीन पुलमा काम सुचारु गरिएको छ।तर आज मे दिवस अर्थात अन्तर्राष्ट्रिय श्रमिक दिवसमा पनि काम गरिरहेको पाइयो। लकडाउनमा काम स्थगित भैरहेको र केही दिन अघिदेखी काम थालिएकोले पनि मे दिवसको हेक्का मजदुरमा देखिएन। एकातिर काम गर्न नपाईरहेको अर्को तिर आफ्नै हकहित बारेको दिवस प्रती पनि सचेत तथा जानकार नभएकोले पनि निर्माण कार्यमा नै जुटेको देखिन्छ। पुल निर्माण कार्यमा करिब २५ जना मजदुर रहेको त्यहाँका मजदुरले जानकारी दिए। एक जना मजदुरले जानकारी दिए अनुसार पुलको ठेकेदार बिराटनगरमा रहेको बताए। निर्माण कार्य एक हप्ताबाट शुरु गरिएको बताए। निर्माण गर्नको लागि केन्द्र सरकार धारा उपमहानगर लगायतको निकायबाट अनुमति लिएर काम थालिएको बताए।

सन् १८८६ मा अमेरिकाको सिकागोमा  ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर श्रमिक दिवस मनाइने गरिन्छ ।

यसरी आन्दोलनको क्रममा सिकागोको हेय मार्केट भन्ने ठाउँमा बम विस्फोट भएको थियो। उक्त  बम विस्फोट कसले गराएको भन्ने खुलेको थिएन। तर प्रहरीले आन्दोलनरत मजदुरमाथि व्यापक दमन गर्यो । प्रहरीको गोली लागि सात जना मजदुरको मृत्यु भयो । तर मजदुर पछि हटेनन।अन्ततः मजदुरको आन्दोलनले सफलता हासिल गर्यो ।

सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवम् श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको हो । त्यस यता सन् १८९० देखि हरेक वर्ष अङ्ग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन सुरु गरियो ।

नेपालमा पनि विभिन्न राजनीतिक दलमा आवद्ध भएका मजदुरहरुले मे दिवस मनाउदै आएका छन।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments