बनेपा पनौती नगरपालिका–५ ढलमलेस्थित मोटरसाइकलले ठक्कर दिँदा पनौती नगरपालिका–५ का ५० वर्षीय रामहरि देउजाको मृत्यु भएको छ ।
पनौतीबाट बनेपातर्फ आउँदै गरेको प्रदेश ३–०२–०१ प ०४७७ नम्बरको मोटरसाइकलले बुधबार राति ठक्कर दिँदा गम्भीर घाइते भएका देउजाको उपचारका क्रममा नागरिक अस्पताल भक्तपुरमा मृत्य भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ ।
मोटरसाइकल चालक जगतमान थिङलाई मोटरसाइकलसहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान र कारवाहीको प्रक्रिया अगाडि बढाएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले बताउनुभयो ।