चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को दोस्रो गीत सार्वजनिक गरिएको छ । सुदर्शन थापा निर्देशित चलचित्रको ‘दुःखको काँडा’ बोलको गीतमा सनिष श्रेष्ठको स्वर सुन्न सकिन्छ भने संगीत र शब्द अर्जुन पोखरेलको रहेको छ । यस्तै गीतमा महराज थापाको एरेन्ज छ ।‘म यस्तो गीत गाउँछु’ को सफलतापछि पुनः पल शाह र पूजा शर्मालाई दोहोर्याएर निर्देशक थापाले दोस्रो भाग बनाएका हुन् । गीतको भिडियोमा पल शाह र पूजा शर्मालाई शीर्ष भूमिकामा देख्न सकिन्छ ।
लभस्टोरी यो चलचित्रमा पूजा र पलका अलावा हरिहर शर्मा, दिनेश डिसी, राजा रजेन्द्र, सोनिका रोकाया लगायतका कलाकारले अभिनय गरेका छन् । फागुन २३ गतेदेखि प्रदर्शनमा आउने यो फिल्मको रिलिजअघि राम्रो चर्चा छ ।भिडियो :