धरान/डिजे रेजिना याक्खालाई कोरियामा लुकेको आरोप लाहिरहेको बेला आफू लुकेर नबसेको भन्दै खंडन गरिएको छ।
३ महिनाको सम्झौता गरि कोरियामा कार्यक्रम गर्न गएको धरानका डिजे रेजिना याक्खाले आफुलाई कोरियामा लुकेको भनेर चरित्र हत्या गरेको जनाएको छ।
पुस २९ गते नेपाल आइपुगेकी डिजे जेन ले आफु कोरियामा लुगेको नभई असुरक्षित भएपछि सुरक्षित स्थानमा गएको बताए।मलाई जुन संस्थाले कोरिया लग्यो त्यही संस्थाको मान्छेबाट असुरक्षित भएपछि आफु सुरक्षित स्थानमा गएकी हुँ’ उनले भनिन् ।डिजे जेनले प्रतिकृया दिदै
‘मलाई कोरियामा सञ्चालन भईरहेको लुम्वीनी क्लब एण्ड बार की सञ्चालक बुटवलकी परि गुरुङले ३ महिनाको लागि कार्यक्रम गर्न प्रस्ताब गरेको हो। त्यही अनुसार मैले एकदमै थोरै रकममा उहाँसँग एग्रिमेन्ट गरेकी थिएँ । सहमती हुँदा क्लबको बाहेक अन्य कार्यक्रम पनि गर्न पाउने सहमती भएपछि म कोरिया गएकी हुँ उनले भने।
तर कोरिया पुगेपछि मसँग भएको सहमती अनुसार काम भएन । क्लबको काम नभएको बेला मलाई अन्य कार्यक्रम गर्न दिइएन । मलाई खोज्न आउनेहरुलाई पनि भेट्न दिइएन । मैले सहमती अनुसार काम गर्न पाउनु पर्छ भन्दा मलाई अश्लिल गालि गर्दै ‘तलाई मैले भाडामा ल्याएको हो,म जे भन्छु त्यही मान्नु पर्छ’ भन्दै क्लबकी सञ्चालक परि गुरुङले धम्की दिइन मलाई हातपात पनि गरियो,कुर्सि उठाएर हान्न खोजियो ।मेरो पासपोर्टपनि खोस्न खोजिएपछि मैले आफुलाई असुरक्षित महसुस गरेँ । म असुरक्षित भएको महसुस भएपछि मेरो फेसबुक र मोबाइल आफ गरेर साथी भएको ठाउमा पुगेको थिए । त्यसै विचमा क्लबकी सञ्चालक गुरुङले मेरो बद्नाम गर्न मिडिया प्रयोग गरिन । मिडियालेपनि बास्तविकता नबुझि समाचार सार्वजनिक गरे । यसप्रति मलाई दुख लागेको छ भनिन । मैले नेपालमा नै आफ्नो भबिष्य देखेको छु । मैले विदेश गएर लुक्नु पर्ने कुनै आवश्यक्ता र बाध्यता छैन ।म आहिले नेपाल आइपुगेको छु’ ।मेरो सम्झौता फ्रेबुअरी ७ तारिकमा सकिने हो । तर म असुरक्षित भएकाले तत्कालै नेपाल फर्किएर आएको हो । मैले असुरक्षित भएको र नेपाल फर्कन्छु भनेपछि क्लबकी सञ्चालक परि गुरुङले एयरपोर्ट सम्म छाड्न आउनु भएको थियो । म चाहान्छु कुनैपनि कलाकारलाई विदेशमा मलाई जस्तो नगरियोस् भनेर पनि सल्लाह दिए।