22.1 C
Kathmandu
Monday, May 29, 2023
E Sewa
Homeविविधयसरी बन्छ काठमाडौंमा लोकप्रिय बनेको "लेकाली कटिया"

यसरी बन्छ काठमाडौंमा लोकप्रिय बनेको “लेकाली कटिया”

काठमाडौंमा अहिले रौतहटको कटिया लोकप्रिय बन्दै गएको छ । लोकप्रिय बन्दै गएको कटिया अहिले ‘लेकाली कटिया’ ब्राण्डको रुपमा स्थापित हुँदैछ । कुनै बेला रौतहटको कटहरियामा कटिया पकाएको देखेर आकर्षित भएका मधुसुदन ढकालसहितका व्यक्तिले काठमाडौंको तीनकुने गैरीगाउँमा ‘लेकाली किचेन एन्ड कटिया हाउस’ सञ्चालनमा ल्याएका छन् । जसले खानाका सौखिनहरुलाई तानिरहेको छ ।

माटाका भाँडामा पकाएको मासु अर्थात कटियाको मौलिक स्वाद पस्केको लेकाली कटिया हाउसले कटिया मात्रै होइन तास, बँधियासहित विभिन्न खानाहरु मौलिक स्वादमा दिन दक्ष, अनुभवी कुकहरुलाई काठमाडौं ल्याएर ग्राहकको मन जितिरहेको छ । ‘यहाँ नामकोमात्रै होइन मौलिक स्वादमै खानेकुरा उपलब्ध गराउँछौँ’, क्यानडानेपालसँगको कुराकानीमा मधुसुदन ढकालले भने, ‘मौलिक स्वादसहित खानेकुरा ग्राहकलाई पस्कन हामीले स्थानीय क्षेत्रबाट दक्ष र अनुभवी कुक ल्याएका छौं । कटियाका लागि रौतहटबाटै दक्ष र अनुभवी कुक ल्याएका उनले अन्य खानाका लागि पनि स्थानीतहबाटै कुक ल्याएका छन् । लेकाली कटिया हाउसको कटियामात्रै लोकप्रिय बनेको छैन, थकाली खाना र च्यांग्राको सुकुटी, बँधिया पनि उत्तिकै ग्राहकको स्वादिलो खाना बनेको छ । बाकी हेर्नुहोस भिडियोमा:

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments